अनेसास नेपाल च्याप्टरले मासिक नियमित स्रस्टा भेटघाट कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ पुष ५ गते ३:५७ मा प्रकाशित

11226004_10203927986440392_8150454395890480755_n

२०७२ पौष ४ गते , शनिवार
अनेसास नेपाल च्याप्टरले मासिक नियमित स्रस्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २० भन्दा बढी सर्जकहरुले आ-आफ्ना रचना वाचन गरेका थिये ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै अध्यक्ष लेकालीले साहित्यले अव स्वाधीनता र देशको पक्षमा जनमत सिर्जना गर्नुपर्ने कुरामा विशेष जोड दिँदै नेपालका ४५ भन्दा बढी साहित्यिक संस्थाहरुको सहकार्यमा वर्तमान विषम परिस्थितिबाट देशलाई निकास दिने गरी अव विशेष साहित्यिक कार्यक्रमहरु संचालन गर्न लागिएको जानकारी गराउँदै सबै स्रस्टालाई उक्त महान अभियानमा साथ दिन विशेष आग्रह गर्नुभएको थियो ।

अमेरिकाबाट पाल्नुभएका स्रस्टा किसनसिंह धामीको स्वागत सम्मानसमेत गरिएको सो कार्यक्रममा धामीको विमोचन हुनै लागेको कृति फ्रन्ट सिटको (यात्रा संस्मरण) सफलताको शुभकाना उपस्थित सबै स्रस्टाहरुले गर्नुभएको थियो ।

अध्यक्ष लेकालीको चोटिलो मुक्तक बाचनबाट शुरु भएको सिर्जना बाचनको यात्रा क्रमश: लक्ष्मी श्रेष्ठ, धनराज बास्तविक, कृष्ण विरही, यात्री प्रकाश पाण्डे, सुव सन्ध्या, सुबु लामिछाने, गजल, कल्पना काफ्ले, रुद्र अधिकारी, कालिकोटे अनुज, अनिल कालिकोटे, नीता श्रेष्ठ, नृत्यनुर, सविता विमली, द्रोण पराजुली, सर्बज्ञराज पौडेल, कविता,कमला रिसाल (बि.के.) गीत, प्रदीपरत्न शाक्य, गीत, बाबुराम तिमल्सिना, छन्द कवितालगायतका स्रस्टाहरुले आफ्नो ससक्त सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको संचालन शुशिला कार्की हसिनाले कलात्मक तरिकाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट मन्तव्य दिनुहुदै सर्बज्ञराज पौडेलले अनेसासको आजीवन सदस्यता समेत ग्रहण गर्ने घोषणा गर्नुहुदै संस्थाको स्थायित्व र विकासको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका किसनसिंह धामीले कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्तसमेत गर्नुभयो । अन्यमा कार्यक्रमका सबै सहभागीलाई धन्यबाद दिनुहुदै कार्यक्रमको विसर्जन कार्यक्रमका सभापति तथा अनेसास नेपालका अध्यक्ष तथा अनेसास केन्द्रका बरिष्ट उपाध्यक्ष राधेश्याम लेकालीले गर्नुभएको थियो ।

प्रतिक्रिया