अपाङ्गता एवम् बालमैत्री शौचालय निर्माण

इनेप्लिज २०७२ पुष ५ गते ३:२८ मा प्रकाशित

cartoon-toilet-1पथरी (मोरङ), ५ पुस । विराटनगर उपमहानगरपालिकाले पुष्पलाल चोकमा सुविधा सम्पन्न अपाङ्गता एवम् बालमैत्री शौचालय निर्माण गरेको छ ।

विराटनगर उपमहानगरपालिकाको ८० प्रतिशत अनुदान र स्थानीय पुष्पलाल स्मारक उपभोक्ता समितिको २० प्रतिशत लागतमा शौचालय तथा सटर निर्माण भएको हो ।

कुल रु २२ लाख ६५ हजारको लागतमा अपाङ्ग एवम् बालमैत्री शौचालयको निर्माण भएको हो । मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत उपभोक्ताको सक्रियतामा शौचालय निर्माण भएको विराटनगर उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख पुनम दाहालले जानकारी दिनुभयो ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत साना सुविधा निर्माणका क्रममा नगरपालिकाको रु १८ लाख १२ हजार र उपभोक्ता समितिको रु चार लाख ५३ हजारको लागतमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका सचिव राजन घिमिरेले बताउनुभयो ।

गत वैशाखमा सुरु भएको योजना मङ्सिर २५ मा सम्पन्न भएको हो । सम्पन्न योजनामा महिला, पुरुष, अपाङ्ग, बालमैत्रीलगायत सबै सुविधा सम्पन्न सार्वजनिक शौचालन निर्माण भएको उपभोक्ता समितिको भनाइ छ ।

प्रतिक्रिया