सान्नानी लाई देखेर…नाच्यो छोरो फन फन फन…!!!

इनेप्लिज २०७२ पुष ४ गते १२:०३ मा प्रकाशित

Sannani-Ramesh-Thanet-New-Nepali-Lok-Pop-Song-2015

नेपाली सांगीतिक जगत मा आफ्नो पृथक पहिचान बनाउन सफल गायक रमेश थनेतको नया म्युजिक भिडियो सार्बजनिक भएको छ | गायक रमेश थनेतको एकल आवाजमा सजिएको उक्त गीतको बोल ‘सान्नानी’ रहेको छ | रास क्रीएसनले निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशक शिव शर्मा हुन् भने भिडियो रबिन्द्र बरालले छायांकन गरेका हुन् |

ramesh n harsika

दिनेश श्रेष्ठको संगीत संयोजन रहेको गीतको शब्द तथा संगीत पनि गायक रमेश थनेतको नै रहेको छ भने म्युजिक भिडियो को सम्पादन प्रदीप दाहालले गरेका छन् | भिजन नेपाल फिल्म्सको पोस्ट प्रोडक्सन रहेको उक्त म्युजिक भिडियोमा चर्चित अभिनेत्री हर्शिका श्रेष्ठ ,गायक रमेश थनेत का साथ साथै थुप्रै कलाकारहरुको बेजोड अभिनय हेर्न सकिन्छ |

harsika

काठमाडौँ उपत्यका भित्र तथा बाहिर छायांकन गरिएको लोक पप सैलीको उक्त गीतको बजार ब्यबस्थान रास क्रीएसनले गर्ने, रास क्रीएसनका म्नेजिङ डाइरेक्टर आशिस घिमिरेले बताए ।

प्रतिक्रिया