उपप्रम कमल थापा संग हुने लण्डनको कार्यक्रम रद्ध, मन्त्री थापाको विरोध जारी

इनेप्लिज २०७२ पुष ३ गते १८:२४ मा प्रकाशित

london3

लण्डन, गत १७ डिसेम्बर २०१५ का दिन उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा संग गोर्खा सत्याग्रह समिति युकेले गर्ने भनिएको कार्यक्रम दुतावासले समय नदिएको कारण रद्ध भएको जनाएको छ ।

london4

कार्यक्रम रद्ध भएको जानकारी भएपनि मन्त्री थापाको विरोध गर्न ३ दर्जन आदिवासी जनजातिहरु दुतावासको गेटमा ब्यानर र प्ले कार्ड सहित जम्मा भएका थिए । संविधानको विरोध गरिएको र मन्त्री थापालाई युकेमा स्वागत छैन, संविधानको पूर्नलेखन गर, तराईमा मच्चाएको नरसंहार बन्द गर, तराईको जारी आन्दोलनमा मारिएका ५५ जनालाई न्याय दे आदि प्ले कार्डहरु लिएर प्रर्दशन गरेका थिए । मन्त्री थापालाई बुझाउन तयार गरिएको विरोधपत्र कार्यबाहक राजदुतलाई बुझाएका थिए । विरोध प्रदर्शनमा स्थानीय प्रहरी र मिडियाहरुको पनि उपस्थिती थियो ।

london5

नेपाल आदिवासी जनजाति महासङ्घ युकेको आयोजनामा सम्पन्न विरोध कार्यक्रममा नेपाली सङ्घीय समाज, गणतान्त्रिक जनमुक्ति समाज, सङ्घीय लिम्बुवान समाज –लिङदेन पक्ष) का पदाधिकारीहरुको उपस्थिती थियो । हामीले वर्तमान सरकारको रवैया, बेइमानी र गम्भिर त्रुटिरहेको संविधान जारी गरेको कारण विरोध गरेको कुरा महासङघ अध्यक्ष तुल छन्त्यालले बताउनु भयो । वर्तमान सरकार विरुद्ध यो पहिलो चरण विरोध मात्र भएको र दोस्रो र महत्वपूर्ण चरण शुरु भईसकेको महासचिव कर्म पहाडी शेर्पाले बताउनु भयो ।

London2

मन्त्री थापा गोर्खा भर्तिको २ सय बर्षगाँठ मनाउन नेपाल सरकारको तर्फबाट लण्डन आएका थिए । बर्षगाँठको कार्यक्रम गत १६ डिसेम्बरका साँझ सम्पन्न भएको थियो । युके सरकारबाट आयोजित बर्षगाँठ समारोहको स्वागत ढोकामा विरोध गरेर बसेका सङ्घीयवादी मोर्चा तथा मधेसीहरुको कारण मन्त्री थापा पछाडिबाट सुटुक्क प्रवेश गरेका थिए । बर्षगाँठ समारोहमा भूतपूर्व गोर्खाजन्य कुनैपनि संस्थाका पदाधिकारीहरु थिएन्न र दुतावास नजिककाहरुको मात्र सहभागिता रहेको एक सहभागि धर्म तामाङले बताउनु भयो ।

London1

प्रतिक्रिया