पथरी ईलाकामा ट्रयाटरको बजार

इनेप्लिज २०७२ पुष ३ गते १२:४४ मा प्रकाशित

dfg

मोरङ पथरी
पैष ३
पथरी ईलाकाले आज पथरीमा गरेको छडके चेकमा आठ वटा टिफर सहित दश वटा ट्रयाटर पक्रउ परेका छन । पश्चीम बाट दमक तर्फ लैजाने क्रममा नियन्त्रणमा लिएको उपनिरिक्षक डिक राज पर्साईले बताउनु भयो । नियम बिपरित ढूङगा ,गिटि,बालुवा ओसारेकोमा उक्त ट्रयाटरहरुलाई नियन्त्रणमा लिएको हो । पुर्वी मोरङका खोलाहरु ठेका नलाखेकोले खोलाबाट गिटी , बालुवा , ढुङगा निकाल्न रोकलगाएक पनि टिफर र ट्रयाटरहरु खोला पस्न छाडेका छैन्न । पक्राउ पने ट्रयाटरहरुमा को १ त ८४५६ ,को १ त ८७८३, क्रमस को २ त ७१३, ३६६७, १२४९, ३१५१, ३१२०, २८९४ र २ ओटा नम्बर प्लेट बेगरका ट्रयाटर रहेका छन भने आठ ओटा टिफर एक घण्टा पछाडी कागज पत्र मिलाई छोडिएको थियो । ट्रयाटरलाई गिटि, बालुवासहित जिल्ला प्रशासन कार्यलय बिराटनगर बुझाउने बताईए पनि रातको ९ बजे छोडियो । छोडीएका ट्रयाटर लगतै जिल्ला बन कायलयले नियन्त्रणमा लिइ सेक्टर बन कायलय मंगलबारेमा राखिएको छ । यता ट्रयाटर चालकहरुले उपनिरिक्षक पर्साईले प्रति ट्रयाटर ४५०० का दरले ४५००० रकम दिएको ट्याक्टर धनी दोय केरौनका विजु राई र सुरेन्द्र राईले बताए । तर सई प्रसाईले ट्याक्टर व्यावसायी सँग कुनै रकम नलिएको दावी गरेका छन् । इलाका प्रहरी कायलय पथरीका इस्पेक्टर रमेश दाहाल तालिमको लागी केहि दिन विदामा रहदा सई प्रसाईले कार्यभार समालेका थिए । प्रहरीबाट छुटेको ट्याक्टर पूर्नः जिल्ला वन कार्यालय मोरङ र सेक्टर वन कार्यालयको टोलीले पक्राउ गरेपछि आफूहरुलाई प्रहरीले फसाएको ट्याक्टर व्यावसायीेले बताए । १ व्यावसायीले भने–‘प्रहरीले मान्छे छानी छानी काम गर्दा आएको छ । क्रसर व्यावसायी भिम पौडेलको टिफरहरु फोनको भरमा छुट्छन् , अरुलाई चाहि सवै तिरबाट पालै पालो पक्राउ गर्दै चुस्छन् ।’
मोरङको चिंसाङ खोला देखि पूर्वको खोलाहरुमा यस बर्ष टेन्डरको विवादले जिविस मोरङले ठेक्का लगाउन सकेको छौना । ठेक्का नलाग्दा त्यहाँबाट गिटी, ढुङ्गा र बालुवा जन्य पर्दाथ खोलाबा निकाल्न रोक लगाइएको छ । ठेक्का नलाग्दा यस क्षेत्रको ट्याक्टर व्यावसायीहरु पक्राउ पछि प्रहरीलाई रकम दिदै ढुङ्गा, गिटी र वालुवाको व्यावसाय गर्दै आएको छ ।
ईलाका फोन ०२१ ५५५२९९ डाकराज प्रसाई फोन ९८५२०९०४४०

प्रतिक्रिया