साहित्यमार्फत आन्दोलन !

इनेप्लिज २०७२ पुष २ गते २:१६ मा प्रकाशित

परासी, २ पुस । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा नवलपरासीका साहित्यकार र कलाकारले साहित्यमार्फत हिजो यहाँ आन्दोलनको नमुना प्रस्तुत गरेका छन् ।

साहित्यकार तथा कलाकारले आ–आफ्ना गीत, कविता, गजल, नाटकमार्फत नेता र भारतीय ज्यादतिको विरोधस्वरुप साहित्यिक आन्दोलनको नमुना प्रस्तुत गरेका हुन् ।

साहित्यकार र कलाकारले बुधबार नवलपरासीमा एक कार्यक्रमबीच भारतीय नाकाबन्दीबाट देशमा जारी पछिल्लो समस्याग्रत अवस्थाबारे आ–आफ्नो साहित्यको कलामार्फत विरोध प्रस्तुत गरेका हुन् ।

सो अवसरमा भूपेन्द्र शर्मा भट्टराई, जीवन सापकोटा, दीपकराज भट्टराई, दीपक सोती, विमल दिवसलगायतले आ–आफना रचना वाचन तथा जीवन सापकोटाद्वारा लिखित तथा खगराज सापकोटाको निर्देशन रहेको सडक नाटक प्रदर्शन गरिएको थियो ।

विशेष गरी कार्यक्रममा रित्तो सिलिन्डरमा राजनीतिक दलका नेतालाई राखेर उनीहरुले गरेको गल्तीका विषयमा नेपाल आमाको सामु माफी मगाइएको प्रशङ्गले कार्यक्रमका सहभागीलाई समेत रोचक बनाएको थियो ।

प्रतिक्रिया