संस्मरण : पैसाको थैली भर्याङ्गबाट अत्तालिदै फ्याक्दै आकस्मिक कक्षमा तु भर्ना हुन्छु है आमा !

इनेप्लिज २०७२ पुष २ गते ०:०१ मा प्रकाशित

bijay

यस्तो घटना बिरलै घट्ने गर्छ भन्ने लागेको छ l करिब एक महिनाको लागि सुदुर पूर्व धरानको मानिस सुदुर पश्चिम कैलालीको टिकापुर् नजिक खेतिमा धान बालि उठाउन गएको छोरा हस्याङ्ग पस्याङ्ग र अत्तालिदै घरको लिस्नो पनि पुरा नचढी प्रतिक्षा गरि रहेकी बृद्ध आमालाई पैसाको थैली फ्याक्न बाध्य यसरी भए l पैसाका पोको फ्याक्दै आकस्मिक सेवामा तु भर्ना हुन्छु है भने हिडे l घर छोड्न ल्याएको गाडी पनि नछोडी त्यहि गाडीले अस्पतालमा पुरयाएको दुखत घटना l

शब्द पुरा नै नगरी अस्पतालको आकस्मिक कक्षमा भर्ना हुदा आमालाई कस्तो भयो होला l आज कल्पना गर्दा कहाली लाग्दछ l आफु साइलो छोरा र घर पूर्व धरान l

किन यसरी मुद्रा थैली फुत्त फ्याल्नु पर्यो : यो घटना हुनु भन्दा केहि बर्ष अगाडी देखि मलाई पित्तको थैलीमा ढुंगा देखिएको थियो l चिल्लो र केहि कारण पेट दुख्ने गर्थ्यो l यस्तो भएकालाई यसको दुखाई अनुभूति होला l बेला बेलामा दुख्द्थ्यो l ओखति खाएर नहुने र सुई नै लगाउने पर्ने l

ज्यादै दुख्ने हुनाले त्यो समयमा ब्याराल्गन सुई राम बाण हुन्थ्यो l पेटको दर्द र दुखाईलाई निष्प्रभावित बनाई दिन्थ्यो l खेति उठाएर पैसा बिटो बनाएर आउदा कैलाली बाट धरान आउदा सप्तरी जिल्ला देखि हल्का पेट दुख्न सुरु हुन् थाल्यो l धेरै सहनु पर्यो l करिब २ घण्टामा धरान पुगिने आशा गर्दा गर्दै गाडीले हल्लाउदा झन् पेट दुख्न बढी भयो l

कैलालीबाट एक्लै हिडेको र बाटाको पिरो र चिल्लो खाना खाएको झन् च्याप्दै गयो l सुनसरीको ईटहरीबाट ओर्लदा मैले ल्याएको झिटी गुन्टा नै हरायो l ईस्वरको नाम जप्दै जसरि भए पनि घर पुरयाई देउ हे भगवान भनि जप गरि रहे l तर केहि सिप लागेन l दुखि रह्यो l बेहोस होला जस्तो भयो l सहने सिमा जम्मै सकियो l सहने प्रयास गरे l केहि सिप लागेन l धरान ओर्लने बित्तिकै गाडी लिएर घर सम्म पुर्याई देउ दन्तकाली माता भनि हजारौ पटक भन्दै घर सम्म पुग्न सके l

तर लिस्नो (भर्याङ्ग ) पनि उक्लिन गार्हो भएकोले चिच्याउदै आमा ! यो मूद्रा थैली लिनुस ! म आकस्मिक सेवामा भर्ना हुन्छु भन्दा एकछिन् आमाको दिमागले काम गरेन l डराएर के भन्छ बाबु भन्नु हुदै थियो ! म एक छिनमा आउछु भनि तुरुन्तै त्यहि गाडीमा अस्पताल पुगे l

अस्पतालमा पुग्ना साथ म मर्न आँटे तु सुई दिनु भने l धरान आफ्नै ठाउँ भएकोले सबै चिनजान भएकोले तु सुई दिए पछि आधा घण्टामा पेट दुख्न बन्द हुदै गयो l त्यहाँ पनि उही ब्याराल्गन सुईको कमाल l आमा पाहुना संग गफ गरि रहनु भएको थियो वहा पनि छक्क पर्नु भयो l घर नजिक भएकोले हस्यांग पस्यांग गर्दै दुवै जना अस्पतालमा आउदा त म आकस्मिक सेवामा पो ढलिरहेको l

त्यहाँ पनि बाताबरण गम्भीर तथा भाबुक बन्यो l अचम्म पर्नु भयो l अकमक्क हुनु भयो l केहि कुरा भनेर यस्तो भएको हो भन्न पनि सकिन किनभने आमाको अगाडी नै ढल्छु जस्तो भै सकेको थियो l पेट दुखेर मर्लान्त भएको थिए l केहि समय पछि पित्तको थैलीमा जमेको ढुंगालाई सदाको लागि फ्याकियो l

पुर्खौली घर धनकुटा मुगा l हजुर बुवाले बिक्रम सम्बत १९९१ सालमा धनकुटा मुगामा बनाएको घरमा जन्मने सौभाग्य पाए l हजुर बुवाको कथन अनुसार हजुर बुवाको पनि पिता जिजु बुवाले कैलालीको टिकापुर् नजिकमा रहेको केहि गाउँहरु (मौजा)प्राप्त गरेकोले हाम्रो परिवारको कामत ,खेति तथा मधेस धनकुटा मुगा ,सुनसरीको झुम्का नजदिकको साथै कैलालीको मुनुवा गाउँ नजिक रहेको मैन पोखरी भन्ने गाउँ हो l आफु मालपोत तिर्न यसरि धनकुटा ,सुनसरी तथा कैलाली सम्म पनि धाए l

जिजु बुवाले त्यो मौजा नपाएको भए केवल धनकुटा र सुनसरी मात्र खेतीको लागि बालि उठाउन जानु पर्थ्यो l यस्तो घटना कसैलाई नहोस भन्ने त्यहि बेला देखि भगवानलाई प्रार्थना गरेको थिए l त्यस पछि पेट कहिले दुखेन l

aamaa

झन्डै ८० बर्ष पुग्नु भएकी यिनै आमा संग त्यो समयमा आफुले त्यसो भने !

करिब डेढ महिनाको अमेरिकाको बसाई सकेर आमा नेपाल फर्कदा वाशिंगटन डिसी को डलस विमानस्थलबाट हामीलाई हात हल्लाउदै फर्कदा त्यो बेलामा आफुले वहालाई एक छिन् ब्याकुल बनाएको क्षणले दुखित बनायो l कुनै पनि आमा आफ्नो सन्तानको दुख हेर्न सक्दिनन l म अस्पताल भर्ना हुन् जादैछु भन्दा के बित्यो होला l त्यो क्षण दुखद क्षण हुन् पुग्यो l

बिन्ति छ आमा ! माफ पाउँ !

तस्बिर :बिमल नेपाल ,बोस्टन 

प्रतिक्रिया