मजदुरका बालबालिकालाई विद्यालय भर्ना गराउँदै प्रहरी

इनेप्लिज २०७२ पुष १ गते ३:२६ मा प्रकाशित

वालिङ, १ पुस । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सदरमुकामस्थित अति नै न्यून आय भएका मजुदरका बालबालिकालाई विद्यालय पठाउने अभियान सञ्चालन गरेको छ ।

“स्याङ्जा सदरमुकाममा रहेका न्यून आय भएका मजदुरका बालबालिका आर्थिक अवस्था तथा अन्य कारणबाट विद्यालयको पहुँचभन्दा बाहिर छन्, उनीहरुलाई विद्यालयसम्म पु¥याएर अक्षर चिनाउने हाम्रो अभियान हो”, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक राजकुमार बैदावारले भन्नुभयो । “दिनभरि बजार वरपर फोहोरमा खेल्ने, विद्यालय नजाने, न्यून आय भएका मजदुरका बालबालिकालाई स्थानीयवासीको सहयोगमा स्कुल ड्रेस, अन्य लत्ताकपडा, चप्पल तथा किताब समेतको व्यवस्था गरिदिएका छौँ”, प्रहरी उपरीक्षक बैदवारले भन्नुभयो–“यस्ता अन्य बालबालिकालाई पनि आगामी दिनमा विद्यालय भर्ना गराउँदै लैजानेछौँ ।” प्रहरीले गत असोज १९ गतेदेखि ६ जना बालबालिकालाई जिल्ला सदरमुकामस्थित काजिमान हरिटीका उच्च माविमा भर्ना गराई दैनिकरुपमा विद्यालय पु¥याउने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया