हाय राम चुनिएकाहरु !!

इनेप्लिज २०७२ पुष १ गते १:४९ मा प्रकाशित

thumb

कर उठेको पैसो छ खल्तीमा
गाडी चद्छ्न टोयोटा अल्टिमा
शिर सँधै निउरिन्छ गल्तीमा
उनकै धाक जम्ने रे चल्तीमा !!

छिद्र पाए प्वाल पारि खोतल्छन
कोठाभरी मिल्केका बोतल छन्
गोप्य कुरा पैसामा ओकल्छन
मुखले मात्र ठिक पारि टोपल्छन !!

आफ्नो स्वार्थ देशभन्दा माथि छ
चाचुचा नै हितकों साथि छ
सेक्रेटरी मित्बाउको नाति छ
जनताभन्दा आफ्नै पो जाति छ !!

कमिशन भेटेमा ठुल्ठुलो
पानी खै र ? खनाएका कुलो
देशको हित पैतालाको धुलो
यिनकै घरमा चौरासी मान् चुलो !!

हाय हाय चुनिन्छन कसरी ?
भोटमा पैसा खन्याए जसरी
तैपनि देश हिडदैन घसरी
कति भनौ सन्सार्लाइ म सरी !!

प्रतिक्रिया