टिपिएस कस्ले लिने र कस्ले नलिने? निवेदन दिने म्याद भने २१ डिसेम्बर २०१५ सम्म।

इनेप्लिज २०७२ मंसिर २९ गते १९:४४ मा प्रकाशित

Binod-roka

Temporary Protected Status (TPS) को सुविधा पाऊनका लागि नेपाली नागरिक वा नेपाललाइ अन्तीम बसोबार्स बनाएका राज्यविहिन र अमेरीकामा जुन २४, २०१५ सम्म आई सो दिन देखि लगातार रुपले यहि बसोबास गरिरहेका व्यक्तिहरुले अमेरीकी अद्यागमन बिभाग समक्ष सुविधा पाऊनका लागिे निवेदन दिने म्याद डिसेम्बर २१, २०१५ सम्म मात्र रहेको छ। यस अन्र्तगत फेलोनी अर्थात संघिन अपराध तथा केही अन्य तोकिएका सानातिना मिसडिमिनियर अपराध गरेका व्यक्तिहरु बाहेकलाई डिसेम्बर २४, २०१६ सम्मका लागि मानवियताको आधारमा अस्थायी रुपबाट अमेरीकामा बस्ने र काम गर्ने अनुमति दिईन्छ। तोकिएको समय पछि पुग्ने निवेदन उपर अद्यागमन बिभागले कार्वाही गर्दैन।

अमेरीकी अद्यागमन बिभागले यो टिपिएसको सुविधा पाऊने नेपाली वा नेपाललाई अन्तीम बसोबासको थलो बनाएका राज्यविहिन व्यक्तिहरुको संख्या अनुमान गरेको भन्दा थोरै व्यक्तिहरुले मात्र निवेदन दिएको देखिन्छ। यसरी अनुमान गरिए भन्दा कम संख्यामा निवेदन दिर्नुका कारणहरु विविध होलान। जस्तो कि अमेरीकामा एफ१, बि२, एच१बी जस्ता ननईमिग्रेण्ट अर्थात अस्थायी भिषामा बसीरहेका व्यक्तिहरुले टिपियसको सुविधान लिन मिल्छकि मिल्दैन? लियो भने अस्थायी भिषालाई कस्तो असर पार्दछ? भन्ने प्रश्नहरु देखिन्छन। त्यस्तै अर्को प्रश्न भनेको ओभरस्टे भएका अनि अद्यागमन अदालतबाट देश निष्कासनको फैसला भै कार्यान्वयन हुन मात्र बाकी रहेका, विथहोल्डींग पाएका अनि हाल अद्यागमन अदालतमा शरणार्थीको मुद्दा बिचाराधिन अबस्थामा रहेका व्यक्तिहरुले यो सुविधान लिएको अबस्था के हुन्छ? भन्ने प्रश्नहरु पनि छन।

ननईमिग्रेण्ट अर्थात अस्थायी भिषामा बसीरहेका व्यक्तिहरुले टिपियसको सुविधान लिन मिल्छकि मिल्दैन? लियो भने अस्थायी भिषालाई कस्तो असर पार्दछ? भन्ने प्रश्नको जवाफमा ३ सेप्टेम्बवर २०१५ का दिन अमेरीकी अद्यागमन बिभागले एफ१,बि२ र एच१बि जस्ता ननईमिग्रेण्ट भिषा के हुन्छन टिपियस लिएमा? भन्ने बिषलाई लिएर सुचना प्रकाशित गरेको छ। जानकारीको लागि तलको लिंक हेर्न सकिन्छ। साथै यस बिषयमा छापिएको मेरो लेख विनोद ल डट कममा गै हेर्न पनि सक्नु हुनेछ।

ओभरस्टे भएका, बोर्डरक्रश गरी अमेरीका आएका, अद्यागमन बिभागबाट देश निस्कासनको आदेश भएका, विथहोल्डींग पाएका आदि व्यक्तिहरुले टिपिएसको आधारमा अमेरीकामा डिसेम्बर २४, २०१६ सम्म बस्ने र काम गने अनुमती पाएपछि एडभान्स पेरोलको कागज लिएका मध्ये आऊदा खेरी ३ र १० बर्षको तघारो लगाएर पस्न नदिन पनि सक्छ है भनि चेतावनी दिएका व्यक्तिहरु नेपाल गै कतिपय व्यक्तिहरु फेरी अमेरीका फर्किएका छन पेरोलीको हैसियतले। अनि कतिपय टिपिएस पाएका व्यक्तिहरु जाऊ कि नजाऊ भनि अमmै पनि दोधारमा परेको अवस्था पनि छ।

बोर्डरक्रस गरेर अमेरीकामा आई अमेरीकी नागरिकसंग वैवाहिक जिवनमा वाधिएका र एक जना नानीको पिता पनि भैसकेका मेरा एकजना क्लाईन्ट एडभान्स पेरोलमा नेपाल गै भरखरै न्युर्योक फर्किनु भएको छ। वहाको लागि अमेरीकी नागरिक श्रीमतीले हालेको नातेदारको निवेदन स्वीकृत भएपछि ग्रिनकार्ड आऊने बाटो अर्थात एस्ट्र्ीम हार्डसिपको मापदण्ड प्रमाणित गर्ने प्रयाप्त प्रमाण नहुदा ममmदारमा केश रहेको थियो। तर वहा नेपाल गै पेरोलीको हैसियतले अमेरीका आऊनु भएको हुदा वहाको ग्रिनकार्ड पाऊने बाटो सहज भएको छ किनकि वहा जाचिएर अमेरीका प्रवेश गर्नु भयो। तर यस्तै परिस्थितीमा रहेका एक जना अर्का पक्षलाई मैले टिपिएस लिनुहोस भन्दा उन्ले लिन मानेका छैनन। उन्लाई मैले किन टिपिएस लिनुहुन्न भनि प्रश्न गर्दा साथीहरुले यो सुविधा लियो भने मैले हालेको एजाईलमको मुद्धा बिग्रन्छ रे भन्ने जवाफ दिनुभयो। वहाको निर्णय वकीलको भन्दा पनि साथीको सल्लाहमा आधारित थियो। त्यसैले मैले वहालाई कर पनि गरिन।

अमेरीकाको छैठौ सर्किटकोर्ट अर्थात केण्टोकी, ओहाईयो, टेनिसी आदि, को क्षेत्राधिकार भित्र बस्ने बोर्डरक्रश गरेर आएका टिपिएस पाऊने देशका सुचीमा परेका विदेशीहरुले त एडभान्सपेरोल लिएर आफनो देश नगैकन पनि यहि ईन्सपेक्सन भएको मान्यता पाई अमेरीकी नागरिकसंग विवाह गरेर ग्रिनकार्ड समेत पाएको अवस्था छ। तर न्युर्योक लगायतका कतिपय राज्यहरुमा भने यस्तो एडभान्स पेरोल लिएर मात्र हुदैन।त्यस्को लागि व्यक्तिले अमेरीका बाहिर गै फर्केर आऊदा अमेरीकी अद्यागमन बिभागका कर्मचारीबाट जाचपास भै पेरोलीको हैसियतले प्रवेश गरेको अवस्थामा मात्र अमेरीकीमा ग्रिनकार्ड लिन सक्दछ अमेरीकी नागरिकसंग विवाह गरेको अवस्थामा। तसर्थ मेरो बिचारमा बोर्डरक्रश गरेर अमेरीका आएका व्यक्तिहरुले टिपिएस र एडभान्स पेरोल लिनु उचितै हुन सक्छ जस्तो लाग्छ। किनकि शरणार्थीको निवेदन स्वीकृत नभएमा वा सरणार्थीको निवेदन बिचाराधिन रहेको अवस्थामा पनि साचो अर्थको अमेरीकी नागरिकसग गरिएको बिवाहबाट अमेरीकाको ग्रिनकार्ड लिन सक्ने अवस्था रहन्छ। कतिपय अबस्थामा पेरोलीको हैसियतले फेरी अमेरीका प्रवेश गर्दा अन्य सुविधाका बाटा पनि हुन सक्छन भनि अद्यागमन कानुनका ज्ञाताहरुको धारणा रहेको पाईन्छ।

टिपिएसको सुविधा लिएको अवस्थामा शरणार्थीको निवेदनै अस्वीकृत हुन्छ भन्ने होईन। अद्यागमन अदालतले यस्तो सुविधा पाएका व्यक्तिहरुको मुद्दालाई पक्षको अनुमती लिएर मुल्तवीमा राख्नेसम्मको आदेश गर्न सक्दछ। स्टाटस नभएकालाई टिपिएसले कुनै स्टाटस नदिने हुदा अदालतमा चलेको रिमोभलको केशमा न्यायाधिशले हार वा जितको फैसला गर्न सक्दछन। यदि व्यक्तिलाई हराइ देश निष्कासनको फैसला गरीयो भने टिपिएसको सुविधा समाप्त नभएसम्म त्यस्ता व्यक्तिलाई अमेरीकाबाट निष्कासन गर्न मिल्दैन। होण्डोरसका नागरिकहरुलाई १९९९ र एल साल्भाडोरकालाई २००१ देखि हालसम्म अमेरीकी अद्यागमन बिभागले यो सुविधान दिई रहेको अबस्थामा नेपाललाई पनि यो सुबिधा दिईने सम्भावनालाई नर्कान सकिदैन। यदि यो सुबिधाको म्याद बढाईयो भने पछिसम्म यो सुविधा पाऊने व्यक्ति नेपाल गै फर्किएर आऊने र अमेरीकामा काम गर्न पाऊने सम्भावना रहन्छ।

टिपिएसको सुविधा लिने कि नलिने भन्ने बिषय व्यक्तिको अवस्था र परिस्थितीमा निर्भर गर्दछ। किनकि कसैलाई लिदा फाईला छ भने कसैलाई बेफाईता पनि हुन सकदछ। तसर्थ टिपिएसको सुविधा लिने हो भने यहि २०१५ को २१े डिसेम्बर सम्ममा अमेरीकी अद्यागमन बिभाग समक्ष रितपुर्वकको निवेदन दर्ता गराई सक्नु पर्दछ। तसर्थ यो म्याद समाप्त हुनुभन्दा अगाडी नै कानुन व्यवसायीको सल्लाह लिएर टिपिएसको निवेदन दर्ता गराऊन सकिएन भने पछाडी पछुताऊन पर्ने अबस्था पर्न सक्दछ किनकि यदि यो म्याद भित्र निवेदन दर्ता गराईएन भने व्यक्तिले पछि यो सुविधाको लागि निवेदन दिन पाऊदैन।
९ंबिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागि निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा [email protected]/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।

प्रतिक्रिया