जीवनका अनेक शिशीर/वसन्तहरुसँग फुलेका त्यो अनुहारमा आज मात्र एक नैराष्यता बाँकीछ जीवन देखि कहिल्यै नथाकेका एक साहस अब यस्को हत्या गरि आत्महत्या गर्न मनछ बा _ यसै भन्छन् उनि तर मर्न कहाँ सहज हुँदो रछ र ! यो एक त्यान्द्रो सास… कुन चौकेमा झुन्ड्यउं खै ?
विदेशिए सबै युवाहरु, यसैले त,, सुन्यासुन्याछ गाउँ बस्तीहरु अचेल मरौपरौमा मलामी पनि पाइन्न बा यस्तै-यस्तैछ उनको चिन्ता र गुनाँसो , एक सिङ्गो जीवनको इतिहास बोकेको त्यो एक सिंगो पाको अनुहार त्यस्मा बुट्टा भरेझैं लाग्ने अनगिन्ति मुंजाहरु उमेरसँगै भासिएका धमिला आँखाहरु सुख्खा कलेटी बसेका ओठहरु सीतले पट्ट-पट्ट फुटेका हातपाउहरू आधा भत्किएको ओदानमा सेकाउँदै ‘उ’ एक झर्रो फिलुङ्गो तानेर उडाउछ एक सपना सालको पातमा बेरिएको नेट-खिलीमा …कठै जिन्दगी !!
नैराष्यताले लपक्क भिजेका एक थकित थकित अनुहार आफैं सँग बेखबरछ अचेल र त घरिघरी आफैं सित बर्बराउँछ ‘उ’ हेर कस्तो निर्दयी मुटु काँप्ने ठण्डी कहाँ-कहाँ ढाक्ने खै त्यो एक अधर्नो बाकटेले लाग्छ हिमाली कटकटे ठिही यहीं पोखिएकोछ
कि बुता सकिएपछि यस्तै अनुभूत हुन्छ कि ! सालको पातमा बेरिएको नेट-खिली अन्तिम सर्को तानेर खरानीभित्र ठोस्छ एक-अगुल्टो, अर्को दिनको जोहो हेर अझै उस्मा बाँच्ने कत्रो मोह ! अनि बिस्तारै बिलाउँछ एक आशा… एक अनुहार अँध्यारी त्यो चिसो रातसँगै ….!!
प्रतिक्रिया