सालकको खपटासहित पक्राउ

इनेप्लिज २०७२ मंसिर २८ गते १२:३३ मा प्रकाशित

saalakकाठमाडौँ, २८ मङ्सिर । संरक्षित वन्यजन्तु सालकको खपटा सहित ओखलढुङ्गा थाक्ले–६ का ताराबहादुर राई र भूपाल राईलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई आइतबार काठमाडौँ महानगरपालिका–७ चाबहिलबाट तीन केजी दुई सय ग्राम सालकको खपटासहित पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया