प्रधानमन्त्री ओलीद्वारा पर्वतारोही शेर्पाको स्वास्थ्यलाभको कामना

इनेप्लिज २०७२ मंसिर २७ गते १:२२ मा प्रकाशित

काठमाडौँ, २७ मङ्सिर । क्यान्सरले थलिएर उपचाररत सगरमाथा आरोही वाङ्छु शेर्पालाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

ललितपुरको हरिसिद्धिस्थित हरिसिद्धी अस्पतालमा हिजो पुगेर प्रधानमन्त्री ओलीले त्यहाँ उपचार गराइरहनु भएका शेर्पालाई शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

सतचालीस वर्षीय शेर्पा ठूलो आन्द्रामा क्यान्सर भएर उपचाररत हुनुहुन्छ । तीन पटक सगरमाथा आरोहण गरेका शेर्पा सगरमाथा आरोही सङ्घका संस्थापक अध्यक्ष हुनुहुन्छ । शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा संरक्षण अभियन्ता, २०७२ को उपाधि दिएको छ ।

प्रतिक्रिया