एनआरएनएका अध्यक्ष शेष घलेलाई परदेशीको खुला स्मरण पत्र

इनेप्लिज २०७२ मंसिर २६ गते ०:३५ मा प्रकाशित

bijay 2

श्रद्धेय अध्यक्षज्यु,

परदेशीको कोटी-कोटी नमस्कार !

भर् जन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

-आदिकवि भानुभक्त आचार्य

पशुपतिनाथको कृपाले यहाँ लाई सन्चै होला भन्ने आशा गरेको छु l खुला स्मरण पत्र पुन लेख्न मन लाग्यो l यहाले गरेको काममा नकारात्मक टिका टिप्पणी ,खोट निकाल्न र धज्जी उडाउन लेखेको नसम्झनु होला । यहाँ गैर आवासीय नेपाली संघको अध्यक्ष नहुनु अगाडी ज्यादै नेपाग्रेजी(नेपाली जोड अंग्रेजी )मिसाएर बोल्नु हुन्थ्यो l सम्भवत सन् २०१३ मा स्विटज़रल्याण्डको एनआरएन क्षेत्रीय बैठको श्रब्य दृश्यमा अंग्रेजी मात्र बोल्नु भएको थियो l

तर अध्यक्ष भए पछि नेपाली भाषालाई निकै माया गरेको देखियो l गलत अर्थमा नलिनु होला l भाषाको ब्याख्या गर्न थालेको हैन l जुन सजिलो लाग्छ त्यो बोल्नु पर्छ l गैर आवासीय नेपाली संस्थामा नेपाली बोलिन्छ ज्यादा l धेरै बर्ष अगाडी एनआरएन अमेरिकामा सम्मेलनमा अंग्रेजीमा बोल्ने हुदा नेपालीमा किन नबोल्ने भनि दर्शक कडके पछि नेपालीमा सुरु भएको थियो l

आँखिर नेपाली मन र नेपाली पन यहाँमा नभएको कहाँ हो र ? सन् २०१३ को न्युयोर्कमा भएको एएनए सम्मेलनमा यहाँले नेपाली बोल्दा अति कष्ट साथ नेपालीमा बोल्नु भएको अहिले जस्तो लाग्छ l यहाँलाई नेपालीमा बोल्नु भनि आग्रह गर्दा धेरै बर्ष विदेशमा बसेकोले अलिक अप्ठ्यारो भएको जानकारी गराउनु भयो l

तर आज नेपाली मात्र बोल्न तपाई रुचाउनु हुन्छ l म यसको मुक्त कण्ठले प्रसंसा गर्दछु l नेपाली भाषालाई अति माया गर्नु हुन्छ भन्ने देखिएको छ l यो पंक्तिकार भाषा र साहित्य क्षेत्रमा निरन्तर रुपमा कलम चलाई रहने भएको नाताले सबैले सार्बजनिक रुपमा पढून भनी लेखेको हुँ ।

यहाँले अमेरिकाको भ्रमणमा म भाषण गर्न जान्दिन भन्नु भएको थियो l अहिले त्यो कुरा मैले सम्झे l भाषण गरेर कसले के नापेको छ ? तपाई गणेश मान सिंह जस्तो लाग्न हामीलाई लागेको छ l स्वतन्त्र सेनानी तथा लोह पुरुष गणेश मानले पनि बोल्न सक्दिन भन्नु हुन्थ्यो तर देश र जनताको लागि वहाको कार्य कसै संग तुलना हुदैन l

विश्वलाई थाहा छ ,गैरआवासीय नेपाली संघको मुर्धन्य पदमा विराजमान भए देखि सन्चोले बस्नु भएको छ l र तपाइको त्यो स्वभाव पनि छैन l हरेक छापामा तपाई छाई रहनु भएको छ l काम गर्नु हुन्छ l ईमान्दारिता र परिश्रममा विश्वास गर्नु हुन्छ l तपाईँ आराम साथ बस्न पनि मन पराउनु हुन्न किनभने तपाईँको थाप्लोमा थुप्रै अभिभाराहरु छन् । तपाईँले गरेको परिश्रम, मेहनत र लगाब ,दृढ संकल्प, आत्मविश्वासप्रति आस्था राख्ने सबै स्वाभिमानी नेपालीले देखेका छन् । यो बिश्वास रही रहने छ l

तपाईँको एकबर्षे कार्यकाल सबैले मुल्यांकन गरेकोले दोश्रो पटक पनि तपाई बिजयी हुनु भयो । तपाईँ राजनीतिक नेता जस्तो हुनुहुन्न किनभने तपाईँ जे भन्नुहुन्छ त्यो फत्ते गर्नुहुन्छ । त्यो हामीले देखेका छौ l कुरा पूरा गर्ने मानिस अहिले पाउन दुर्लभ हुन्छ । तपाईको कार्यकालमा एनआरएनको उचाइ बढेको छ l आगामी दिनमा अझ बढ्ने छ l

तपाई चाहेमा जे पनि हुन् सक्छ l सम्झौता नगर्ने तपाईंको बानी थाहा पाएकाले यहि मौकामा बिगतमा एउटा प्रस्ताव राखेको थिए फेरी दोश्रो पटकको लागि संस्मरण गराउने आँट गरेको छु । मेरो प्रस्ताबले तपाईँ र एनआरएनए संस्था दुवैको हित र युगौयुगसम्म सबैले सम्झनेछन् भन्ने आशा गरेको छु l

यो प्रस्तावलाई अस्विकार गर्नु हुने छैन । र, साहित्य सम्बन्धी नेपाल र नेपालीहरुको लागि जीवन उत्सर्ग गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्यको योगदानको मुल्यांकन गरी केही गर्न सकिने अवस्था हुन्छ भने एकपटक सोची दिनु हुन्छ कि ? हामीले बोल्ने नेपाली भाषा र साहित्यका लागि विशिष्ट काम गर्ने भानुभक्त आचार्य तथा लक्ष्मीप्रसाद देवकोटालाई संम्मान गर्न सके त्यो भन्दा ठुलो पुन्य केहि हुदैन भन्ने लागेको छ l

अहिले तपाईँले माटो छोए पनि सुन हुन्छ । नेपाली मुलका मानिसमा एक अरबको अक्षय कोष खोल्ने तपाई संग धन र मन दुवै छ l तपाईको पुर्खौली घर लमजुंगको छिमेकी जिल्ला तनहुमा जन्मेका आदिकवि भानुभक्त आचार्यको पुर्खौली घरको अवस्थालाई निहालौ ।

आदिकवि भानुभक्तको पुर्खौली घरलाई यहाँ जस्ता बोलेको कुरालाई पुर्याउनेको खाँचो रहेको मैले महसुस गरेको छु । आदिकविको पुर्खौली घरमा के गर्न सकिएला र यसले के चाहेको छ ? पुखौली घरलाई कायापलट गर्न सके बिश्वभरका भाषा र साहित्यमा लागेका तमाम नेपाली मुलका नेपालीले सदैब संस्था, यहाँँको कार्यकाल र यहाँको नामलाई अनन्त अनन्तकाल सम्म सम्झने छन् ।

अर्को, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाकालाई पनि सम्झन म आग्रह गर्दछु । देवकोटालाई आर्थिक दरिद्र विपन्नताको चित्रण मात्रै गरिने भएकोले अहिलेसम्म उनका केहि रचनाहरु अर्थकै कारण प्रकाशित हुन् सकेका छैनन् भन्ने चर्चा परिचर्चामा आउने गरेको छ । यदि यो सत्य हो भने यहाँ जस्तै दानबीर र ठुलो मन भएकाहरुको ध्यान जानुपर्ने भएकोले ती अप्रकाशित रचनाहरु गैरआवासीय नेपाली संघको तर्फबाट र यहाँको बिशेष पहलमा प्रकाशित हुन सकेमा सुनमा सुगन्ध हुने थियो भन्ने लागेको छ ।

सबै कुराको ठेक्का लिन म आग्रह गर्दिन । तर ,आदिकवि र महाकविलाई मैले गरेको आग्रह मस्तिस्कमा राखे मात्र त्यही नै काफी हुनेछ । यहाँको हृदय ठुलो र आँट भएकोले परदेशमा रहेको एक नेपालीको मनको आवाज हो । सुस्वाथ्य तथा दिर्घायुको कामनासहित आउँदो दोश्रो कार्यकाल पनि सफलता पूर्वक बितोस ।

अन्त्यमा, लक्ष्मीप्रसाद देवकोटाले पैसा बारेमा लेखेको कविता राख्दै बिदा ।

संसार गोल छ धनै पनि बाटुलो छ
पैसा यही सब कुराहरूमा ठूलो छ ।
पैसा भए हृदयमा सुखले खुलो छ
पैसा यही सकल रोगविशे मुलो छ ।।

– लक्ष्मी प्रसाद देवकोटा

………………………………………….अस्तु

प्रतिक्रिया