धादिङको साहित्यिक जानकारी दिने पुस्तक प्रकाशन

इनेप्लिज २०७२ मंसिर २५ गते १५:०० मा प्रकाशित

Chandra-Roka-Magar-Dang-1

काठमाडौँ, २५ मङ्सिर । प्रा डा रामचन्द्र लम्सालले लेख्नुभएको ‘धादिङेली नेपाली साहित्य’ नामक पुस्तक प्रकाशित भएको छ ।

तीन अध्यायमा विभक्त कृतिबाट धादिङ जिल्लाको विविध जानकारी पाइन्छ । केन्द्रीय भूमि धादिङ र केन्द्रीय विषय नेपाली साहित्य रहेको यस पुस्तकमा जिल्लाको नामाकरण, भौगोलिक अवस्थिति, वातावरण र सांस्कृतिक विषयमा पनि सूचना समेटिएको छ ।

नेपाली साहित्यको प्राथमिक काल, माध्यमिक काल र आधुनिक कालका धादिङेली लेखक, साहित्यकारको विषयमा पुस्तकमा चर्चा गरिएको छ । माध्यमिक कालका कुलचन्द्र गौतमसहित आधुनिक कालका १४५ साहित्यकारको जानकारी समेटिएको लेखक लम्सालले बताउनुभयो । संस्कृत र नेपाली भाषा साहित्यका मूर्धन्य विद्वान गौतम अमरकोष (संस्कृत शब्द कोष)का लेखक पनि हुनुहुन्छ ।

प्रकाशक खानीखोला सार्वजनिक पुस्तकालयले खानीखोला लायन्स क्लब र लियो क्लबको सहयोगमा आयोजना गरेको कार्यक्रममा धादिङेलीबाट नेपाली साहित्यका विभिन्न विधामा रचना भएका सामग्री समेटिएको सो पुस्तक हालै धादिङ्मा सार्वजनिक गरिएको हो ।

सो पुस्तक प्रा डा मोहनप्रसाद तिमल्सिना, राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्ले, कृतिका भूमिका लेखक डा नवराज लम्साल, प्रा डा घनश्याम कँडेल लगायतले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको थियो । रासस

प्रतिक्रिया