तिमी थियौ र पो आमा

इनेप्लिज २०७२ मंसिर २५ गते १०:४३ मा प्रकाशित

सुबिसुधाको ‘तिमि थियौ र त आमा यो  धर्तिलाई चुम्न पाएँ’ म्यूजिक भिडियो सार्वजनिक—-संयुक्त राज्य अमेरिकामा बसेर पनि नेपाली कला साहित्यलाई माया गर्ने वरिष्ठ कथाकार तथा गीतकार  सुविसुधा आचार्यको शब्दरचनाले सजिएको आलाप रेकर्डडिड• स्टुडियोको प्रस्तुति ‘तिमी थियौ र पो आमा यो धर्तीलाई चुम्न पाएँ’ बोलको म्युजिक भिडियो नेपाली गीतसंगीत बजारमा आएको छ ।

 सहारा फिल्मस एन्ड इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडियो शिवन पोखरेलले निर्देशन गरेका छन् । यस म्युजिक भिडियोमा मेरी बास्सैकै चम्सुरी अर्थात् पल्पसा डंगोल, मोडल रोहन लामा र बालकलाकारहरु मनिष बस्नेत, सहारा बस्नेत, रेजिना भारती लगायतले अभिनय गरेका छन् ।
म्युजिक भिडियोको छायांकन अजय रेग्मी, सम्पादन अधिनायकमान शेरचनको रहेको म्युजिक भिडियोमा चर्चित गायक मनोज राजले स्वर दिएका छन् भने संगीत झलक संगीतम् को रहेको छ ।

https://www.youtube.com/watch?v=tydRhXJ7QwQ&feature=youtu.be

प्रतिक्रिया