पत्रकार जवेगु पुरस्कृत

इनेप्लिज २०७२ मंसिर २५ गते १:४५ मा प्रकाशित

12348038_10206867534558483_7898957634141666463_nइलाम, २५ मङ्सिर । पत्रकारिताका माध्यमबाट मानव अधिकारका क्षेत्रमा कलम चलाउँदै आएका इलामका एक सञ्चारकर्मीलाई हिजो यहाँ आयोजित कार्यक्रममा मानव अधिकार पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

जिल्लामा रहेर लामो समयदेखि मानव अधिकारका क्षेत्रमा कमल चलाउँदै आएका पत्रकार सटेन्द्र जवेगुलाई ६७औँ विश्व मानव अधिकार दिवसका अवसरमा मानव अधिकार मञ्च नेपाल इलामले ‘मानव अधिकार पत्रकारिता वर्ष’ पुरस्कारले पुरस्कृत गरेको हो ।

जिल्ला न्यायाधीश नवराज दाहालले पत्रकार जवेगुलाई नगद रु १० हजार र सम्मानपत्र प्रदान गर्दै पत्रकारले चलाएको कलमबाट समाजका पछि परेका वर्ग, दायाँबायाँ हुन खोज्नेलाई सजग गराउन मद्दत मिल्ने बताउनुभयो ।

मानव अधिकारको संरक्षण र संवद्र्धनमा अनवरत क्रियाशील पूर्वाञ्चलका एक पत्रकारलाई पुरस्कृत गर्ने र यो अभियान क्षेत्रीयस्तरबाट सुरु गरिएको मञ्च इलामका अध्यक्ष मोहनसिंह थेवेले बताउनुभयो । गतवर्ष यसै पुरस्कारबाट विराटनगरका पत्रकार यज्ञ शर्मा पुरस्कृत हुनुभएको थियो ।

पुरस्कार वितरण समारोहमा पुरस्कृत जवेगुले सशस्त्र द्वन्द्व होस् या सामान्य अवस्थामा पनि पिछडिएको, निमुखा र आवाजविहीनहरूको आवाज मानव अधिकारकर्मीले सम्बोधन गर्ने, उजागर गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने चर्चा गर्नुभयो ।

प्रतिक्रिया