‘‘गाजलु आँखा मेरा देखेर भुतुक्कै’’

इनेप्लिज २०७२ मंसिर २४ गते २:४१ मा प्रकाशित

prasna-pandey

झापा सङ्गीतको उर्वर भूमी हो । गायक प्रमोद खरेल, गायिका जुना प्रसाई, सङ्गीतकार राम सिटौला , टिका भण्डारी लगायतका नाम अहिलेका चर्चित छन्, जो झापाली हुन् । अहिलेको नयाँ पुस्ताको कुरा गर्ने हो भने गायक कमल रसाईली जल्दो बल्दो मानिन्छन् ।

यति खेर यहि भिडमा एउटा नयाँ अनुहार थपिएको छ । उनी हुन् झापा चन्द्रगढी निवासी गायिका प्राश्ना पाण्डे । राम सिटौलाको शब्द सङ्गीतमा रहेको “गाजलु आँखा मेरो देखेर भुतुक्कै” बोलको गीत अहिले निकै चर्चित छ ।

स्कूल पढ्दादेखि नै गायनमा असाध्यै रुची राख्ने उनी अहिले सपना साकार पार्न लागिपरेकी छिन् । गीत–सङ्गीतमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले केही वर्षदेखि उनी काठमाणडौँमै रहेर सङ्गीत सिकिरहेकी छिन् । उनी नयाँ एल्बमको तयारीमा छिन् ।
प्रस्तुतिः रमेश तिवारी (झापा)

प्रतिक्रिया