न्युयोर्कको नाटक “सोल्ड–आउट”

इनेप्लिज २०७२ मंसिर २२ गते २२:५१ मा प्रकाशित

ccc90727-e353-4583-b18a-2227a11fe40d

न्युयोर्कको “अफ–ब्रोडवे” मा पहिलो पटक मञ्चन हुन लागेको नेपाली नाटक जोडियोस् भत्किएका मनहरु को टिकट “सोल्ड– आउट” भएको छ । नाटक मञ्चन हुन एक हप्ता पनि बांकी नरहेको बेला सबै टिकट बिक्री भएको जानकारी नाटकका निर्देशक हरिबहादुर थापाले जानकारी दिनुभएको छ ।

“मैले कल्पना पनि गरेको थिइन । न्युयोर्कमा नेपाली नाटक हेर्नका लागि यति धेरै आकर्षण रहेछ ” थापा भन्छन् । “१०० डलर को टिकट काट्ने मानिसहरु पनि धेरै भेटिए, यसबाट पनि अनुमान गर्न सकिन्छ कि न्युयोर्कवासीहरुको नाटकप्रतिको आकर्षण कति रहेछ भनेर, ” उनले थपें ।

27a97832-b3b2-4afb-a76d-3d1b2c740a4a

नाटक हेर्नका लागि १००, ५० र २५ डलरका टिकट राखिएका थिए । यस नाटकका सहनिर्देशक सहदेव पौडेलले टिकट एउटा पनि बांकी नरहनुलाई न्युयोर्कबासीको नेपाली रंगकर्मप्रतिको सम्मानको रुपमा दर्शाए । “ यो सम्मान हो, साथसाथै ठुलो अवसर पनि हो हाम्रो लागि । विश्व रंगमञ्चमा यसरी नेपाली नाटकलाई अगाडी ल्याउन पाउनुको मज्जा बेग्लै हुन्छ, ” पौडेल भन्छन् ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदुतावास पनि यस नाटकको नेपाली मिडिया र गैर नेपाली मिडियामा प्रचारप्रसार देखेर निकै नै खुशी देखिएको छ । नेपाली महावाणिज्य दुतावास न्युयोर्क प्रमुख नारायणप्रसाद मैनालीले नाटकलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

3d82f4ab-5efd-4759-b2b3-7ea3b9b163ce

“यसरी यो नाटक मञ्चन हुने कुराले न्युयोर्कको हावामा नयां तरंग उत्पन्न भएको छ, यस्तो बेला हाम्रो भाषाको नाटकलाई हामीले पनि सक्दो सहयोग गर्नेछौं । ” मैनालीले थपें, “ यो नाटक यहां रहेका सबै नेपालीलाई देखाउनुपर्छ किनभने यस्तो नाटकले हाम्रो भाषाको पनि सरक्षण गरिरहेको हुन्छ ।

नाटकको प्रचारप्रसारले गर्दा कलाकारहरु पनि निकै हौशिएका छन् । नाटकमा अभिनय गर्ने एक कलाकार नादिया लिबाङले एक महिनादेखि काममा बिदा लिएर नाटकको रिहर्सल गरिरहेको बताइन् ।

“ दुई महिनासम्म त हामी हप्ताको दुई दिन अभ्यास ग¥थ्यौं । जब नाटकको प्रचारप्रसार मिडियाले गरिदिनुभयो, त्यसपछि एक्कासी हाम्रो नाटकको चर्चा भयो । मानिसहरु खोजी खोजी टिकट किन्न आउन थालें । मसंग मात्रै कम्तीमा ८० जनाले टिकट लिइसक्नुभयो । ”

नाटकका सबै कलाकार आ–आफ्नै काममा व्यस्त भएपनि पछिल्लो २ हप्ता दिनहुं अभ्यास गरिरहेका छन् । “ के गर्नु मिडिया हाइप एकदमै भएको छ, दर्शकको अपेक्षामा खरो उत्रन हामी हरेक दिन रातको ७ बजे देखि ११ बजेसम्म रिहर्सन गछौं । दिनभरि काम ग¥यो, राती कामबाटै सिधैं रिहर्सल,” नाटकका अर्का अभिनेता कृष् थापाले थपें ।

अशेष मल्लद्धारा लिखित यो नाटक कस्तो हुने हो निकै खुल्दुली सबै माझ रहेको छ । करिब १ घण्टा लामो यस नाटक न्युयोर्क शहरको म्यानह्याटनमा रहेका ठठठ त्जभबतचभ मा यहि डिसेम्बर १३ तारिख आइतबारको दिन ३ बजे र ७ बजे दुई शो हुंदैछ ।

नाटकमा न्युयोर्कमै रहेका नेपाली कलाकारहरु नदिया लिवांङ, संगीता उप्रेती, दीपिका श्रेष्ठ, सहदेव पौडेल, अनुज थापा, कृष् थापा, ज्योति कुमार श्रेष्ठ, क्रिष्टल थापा, दिलाष्मा रजक, यादव गौतम र विकास विष्टको अभिनय रहने छ ।

प्रतिक्रिया