दुर्घटनामा दुईजनाको मृत्यु

इनेप्लिज २०७२ मंसिर २२ गते ६:२२ मा प्रकाशित

Road Accidentहेटौँडा, २२ मङ्सिर । हेटौँडाबाट काठमाडौँतर्फ गइरहेको ना३ख ५१३२ नं मिनीट्रक भीमभेदी–कुलेखनी सडकखण्डको सिस्नेरीमा गएराति दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने यात्रुमध्ये काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी गाविस वडा नं ६ बस्ने १८ वर्षीय अमृत आचार्य र वडा नं ९ बस्ने ५० वर्षीय ढकप्रसाद तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोही दुर्घटनामा परी गम्भीर घाइते भएका सो ट्रकका चालक सोही गाविस बस्ने रामकुमार आचार्य र सहचालक राजकुमार आचार्यलाई उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया