अमेरिकाको टेक्सासमा नेपाली उद्धोग ब्यापार संघ गठन

इनेप्लिज २०७२ मंसिर २१ गते २:४३ मा प्रकाशित

12

अमेरिकाको टेक्सास राज्य स्थित ड्यालस सहरका नेपाली उद्धमी ब्यबसायीहरुको एक समूहले पहिलो पटक एक औपचारिक रुपमा उद्धोग ब्यापार संघको गठन गरेका छन् ।

1212

यती च्याम्बर अफ कमर्स नामकरण गरिएको उक्त संगठनको शनिबार सम्पन्न पहिलो साधारण सभाले संस्थाको बिधान सहित एक नया कार्य समितिको समेत गठन गरेको छ । डालस सहर तथा यसको फेरिफेरिमा रहेर ब्यापार ब्यबसाय गर्ने नेपालीहरुलाई एक छातामुनि गोलबद्ध गर्ने प्रयास स्वरूप यती च्याम्बर अफ कमर्सको गठन गरिएको संस्थाले जनाएको छ ।

12278199_10208175262400328_1763855349_n

आगामी दुई बर्षकालागि भएको पहिलो कार्य समितिमा बासुदेब भण्डारी सभापति पदमा र गोकर्ण दाहाल उपसभापतिमा निर्बाचित भएका छन् । संस्थाको महासचिव पदमा बाल जोशी निर्बाचित भएका छन् भने अग्नि संजेलले कोशाध्यक्ष पदको जिम्मेवारी पाएका छन् । यसैगरि संस्थाको सदस्यहरुमा स्मृति कार्की, सुरज पौडेल, अम्बिका राउत, सबिन्द्र थावा, यमुना भट्टराई, सुमिरन सापकोटा, हरिबोल भण्डारी, मनोज सिग्देल, रबिन खनाल र थलराज पन्त निर्बाचित भएका छन् । सबै पदाधिकारीहरु निर्बिरोध निर्बाचित भएको जानकारी निर्बाचन समितिका सदस्य डाक्टर प्रेम अधिकारीले दिए ।

12335897_10208175263440354_1482373279_n

नेपाली उद्धमीहरुको हक हित र अधिकारको सुरक्षाका लागि सामुहिक आवाजको नेतृत्व गर्ने, आफु संग भएका शिप तथा अनुभवलाई अन्य नया उद्धमिहरुमा प्रबाह गर्ने, नेपाली समाजको समुन्नत बिकासका लागि अपरिहार्य भएको नेपाली ब्यबसायीक क्षेत्रलाई सुधिर्ण गर्ने लगाएतका अन्य धेरै लक्ष्यका साथ् यो संगठनको स्थापना गरिएको संस्थाका नव निर्बाचित अध्यक्ष बासुदेब भण्डारीले बताएका छन् ।

निर्बाचन पूर्व सम्पन्न साधारण सभामा बोल्ने सबै बक्ताहरुले नेपाली उद्धमीहरुको छाता संगठनको आबश्यकता निकै रहेको उल्ल्लेख गर्दै नव गठित यती च्याम्बर अफ कमर्सलाई आगामी कार्यकालका लागि शुभकामना ब्यक्त गरेका थिए । नेपाल सरकारका प्रतिनिधि तथा सभामुख दिपक गिरीले प्रमुख अथितिको आसनबाट बोल्दै नेपाली ब्यापारीहरुको यो सांगठानिक प्रयासको सर्हाना गर्नुका साथै आगामी दिनमा यती च्याम्बरले नेपाली ब्यापारीहरुको हक हितका लागि महत्वपुर्ण भूमिका पुर्याउनु पर्ने कुरामा जोड दिए । साधारण सभामा बिसिष्ट अतिथिका रुपमा निम्त्याएका अमेरिकी सरकारका प्रतिनिधि बिली मडिनाले साना तथा मझौला ब्याबसायहरु अमेरिकी अर्थतन्त्रको ठुलो हिस्सा भएको बताउदै यती च्याम्बरको सहयोगको लागि आफु आबद्ध निकाय सधैं तयार रहेको बताए । मडिना अमेरिकी सरकारको एक निकाय साना ब्यापार प्रसासन ( एसबिए)का प्रबन्धक हुन् ।

सोहि कार्यक्रममा नेपाली समाजका पूर्व सभापति डाक्टर प्रेम अधिकारीले नेपाली समाजको झन्डै १५ वर्ष देखिको यो प्रयास आज सफल भएकोमा खुशी ब्यक्त गर्दै संस्थाको आगामी कार्यकालका लागि शुभकामना ब्यक्त गरेका थिए । नेपाली समाजका बर्तमान सभापति भुवन आचार्यले आफ्नालागि आजको दिन अत्यन्त महत्वपुर्ण भएको उल्लेख गर्दै संस्थाको निरन्तर बिकासकालागि सदालागि पर्ने प्रण गरे ।

साधारण सभा तयारी समितिका संयोजक अन्जन श्रेष्ठले नेपाली ब्यबसायलाई सस्थागत बिकासका लागि यति च्याम्बरले अत्यन्त महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउदैं धेरै उद्धमी तथा ब्यापारीहरुको मिहिनेतले आजको दिन सम्भव भएको बताए । कार्यक्रममा सिता सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेकी थीइन भने बाल जोशीले कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया