बाह्य शक्तिको प्रभावले मुलुक कमजोर: नेत्री कोइराला

इनेप्लिज २०७२ मंसिर २० गते ४:४७ मा प्रकाशित

Sujata-Koiralaभीमदत्तनगर, २० मङ्सिर । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले बाह्य शक्तिको प्रभावका कारण मुलुक कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहनुभएकी नेत्री कोइरालाले नेपाल प्रेस युनियन महाकाली अञ्चल समितिले कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुक बचाउन राष्ट्रिय एकता आवश्यक रहेको धारणा राख्नु भयो ।
उहाँले दिल्ली दौडमा रहेका मधेसी मोर्चाका नेताहरुलाई समस्या समाधानका लागि स्वदेशमै वार्ता र संवादमा आउन आग्रह गर्नुभयो ।
उहाँले अहिलेकै अवस्थामा काँग्रेस चल्न नसक्ने भन्दै पार्टी समयअनुसार परिवर्तन गर्दै नयाँ शिराबाट लैजानुपर्ने विचार व्यक्त गर्नु भयो ।

प्रतिक्रिया