काभ्रे सम्पर्क समितिको दुबई क्षेत्रिय भेला सम्पन्न ।

इनेप्लिज २०७२ मंसिर १९ गते १९:१४ मा प्रकाशित

DSC03178

५ डिसेम्बर,

काभ्रे सम्पर्क समिति युएईको दुबई क्षेत्रिय भेला युएईको बरदुबई स्थित मेट्रोपार्कमा ४ डिसेम्बर २०१५ का दिन भब्यताका साथ सम्पन्न भएको छ ।
काभ्रे सम्पर्क समिति युएईका केन्द्रिय अध्यक्ष दल चन्द्र ढकालको सभापतित्वमा सम्पन्न भेलाले चन्द्र सागर लामा दुबई क्षेत्रिय अध्यक्ष रहने गरि १५ सदसिय कार्य समिति चयन गरेको छ । जस्मा अध्यक्ष चन्द्र सागर लामा, उपाध्यक्ष तारा खनाल, सचिब देवाङ राप्तेन लामा, कोषाध्यक्ष जेनिशा पन्त लगायत सदस्यहरु भिमसेन आचार्य, रबिन लामा, निरोज लामा, राम चन्द्र खडका, लोक नाथ उप्रेती, निमा दार्जे लामा, प्रबिन तामाङ, बिक्रम ढकाल, सञ्जु तामाङ, शुसिला रावत, दावा लामा रहेका छन ।

DSC03171
काभ्रे सम्पर्क समितिका सल्लाहाकार दामोदर दहाल प्रमुख अतिथी रहेको उक्त भेलामा समितिका केन्द्रिय उपाध्यक्ष दिल कुमार लामा सहित केन्द्रिय समितिका प्रदिप सापकोटा, गोबिन्द पन्त, राजकुमार सापकोटा लगायत थुप्रै ब्यक्तीहरुको उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी दहालले नब गठित दुबई क्षेत्रिय समितिका सम्पुर्ण कार्य समितिलाई बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिएका थिए । त्यस्तै केन्द्रिय उपाध्यक्ष दिल कुमार लामाले काभ्रे सम्पर्क समितिलाई अगाडी बढाउनको लागी युएईको हरेक कुनामा छरिएर रहेका काभ्रेली दाजुभाई दिदिबहिनीहरुलाई संगठित गर्नको लागी सबैले आ आफ्नो ठाउबाट पहल गर्नु पर्ने बताउदै नब गठित कार्य समिति प्रति खुशि ब्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।
उक्त भेला मार्फत आगमी जनावरी १ तारिक हुन गईरहेको काभ्रे सम्पर्क समितिको बनभोज तथा बिभिन्न सास्कृतिक कार्यक्रमलाई सहयोग पु¥याउन सबैलाई आग्रह गर्दै भेलाको अन्तमा कार्यक्रमका सभापति तथा समितिका केन्द्रिय अध्यक्ष ढकालले नब गठित दुबई क्षेत्रिय समितिका सम्पुर्ण सदस्यहरुले समितिलाई अगाडी बढाउनको लागी प्रभाबकारी भुमिका खेल्नु पर्ने सुझाब सहित दुबई क्षेत्रिय समिति गठनको लागी निरन्तर खटिएका सबैलाई धन्यबाद र नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिदैं भेलालाई समापन गरेका थिए ।

DSC03179

प्रतिक्रिया