वार्ता र सहमतिबाटै समस्या समाधान गरौँ: सभामुख घर्ती

इनेप्लिज २०७२ मंसिर १९ गते १५:१६ मा प्रकाशित

onsari-gharti-magar-finalकाठमाडौँ, १९ मङ्सिर । सभामुख ओनसरी घर्तीले मुलुकमा देखिएका समस्या समाधानका लागि वार्ता र सहमतिकै मार्गबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभएको छ ।

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै सभामुख घर्तीले
देशमा समृद्धिका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले सहकारी क्षेत्रले नेपालको ग्रामीण अर्थतन्त्रमा योगदान गरेकाले त्यसको उचित सम्मान हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सहकारी विभाग प्रमुख बालकृष्ण खाँड, नेकपा (एमाले) का सहकारी विभाग प्रमुख पशुपति चौलागाईं र राप्रपा नेपालका सांसद दीलनाथ गिरीले सहकारी आन्दोलनका अभियन्ताले माग गरेबमोजिम अन्तक्र्रिया गरेरमात्र सहकारी ऐन, २०४८ र नियमावली २०४९ संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसअघि पूर्व गृहराज्यमन्त्री एवम् राष्ट्रिय सहकारी सङ्घका पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, सांसद एवम् सङ्घकी उपाध्यक्ष ओमदेवी मल्ल र सङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले पञ्चायती शैलीले ऐन ल्याउनु नहुने माग गर्नुभएको थियो ।

चौध हजार १९७ सेयर सदस्य रहेको संस्थामा कुल पुँजी रु तीन अर्ब ७८ करोड रहेको जानकारी गराइयो । आव २०७१÷७२ मा रु सात करोड ५० लाख मुनाफा गरेको सहकारीले रु एक करोड ५० लाख राजस्व बुझाएको छ ।

प्रतिक्रिया