यूएईमा आईटी क्षेत्रमा पनि नेपाली लगानी

इनेप्लिज २०७२ मंसिर १७ गते १७:०० मा प्रकाशित

Uae-pasal-650x434यूएई । प्रवासमा परम्परागत भन्दा भिन्न क्षेत्रमा लगानी गर्न नेपाली लगानी कर्ता आकर्षित हुन थालेका छन् । बुधबारमात्र संयुक्त राज्य अरब युएईको दुबईमा पाँच जना नेपाली लगानीकर्ताको लगानीमा सुचना तथा प्रविधिको ब्यवसाय गर्ने गर्ने पसल संचालन गरिएको छ । सगरमाथा सेक्युरिटी डिभाईस ईक्युपमेन्ट टेडिंग एलएलसी (एस एम टेक टेक्नोलोजी) नामक कम्पनी मार्फत शुरु गरिएको ब्यवसाय अन्र्तगत सिसिटिभी, स्मार्टकार्ड, मोबाईल एप्स, सफ्टवेयर निर्माण, एक्सेस डोर, नेटवर्कीङ, क्यु म्यानेजमेन्ट सिष्टम लगायतका सेवा प्रदान गरिने संचालक त्रिलोचन कोइरालाले जानकारी दिनुभयो । उहाँले व्यवसाय एक सेवा अनेकको सिद्धान्त अनुसार सुचना तथा सुरक्षा प्रविधिका विविध क्षेत्रमा सेवा दिने बताउनु भयो । नेपाल पत्रकार महासंघ युएईका उपाध्यक्ष समेत रहेका त्रिलोचन कोइराला नेपालमा एक दशकको पत्रकारिता पछि बैदेशिक रोजगारीको शिलशिलामा युएई आउनु भएको थियो । बैदेशिक रोजगारीका क्रममा सिकेको सिप र जोडेको सम्बन्धलाई ब्यवसायमा लगानी गर्ने उद्धेश्यले ब्यवसाय क्षेत्रमा हात हालेको उहाँले जानकारी दिनुभयो । प्रवासमा सामान्यतया नेपालीले संचालन गर्ने ब्यवसायका रुपमा रेष्टुरेन्ट, ब्युटि पार्लर, शैलुन र ट्राभल्स कम्पनी चिनिदै आएको छ । नेपालमा आईटीका क्षेत्रमा उत्कृष्ट जनशक्ति भएपनि तत्काल बजार नभएकाले युएईमा ब्यवसाय संचालन गरिएको एस एम टेक टेक्नोलोजीका संचालक तथा प्रोजेक्ट म्यानेजर सुरेश पाण्डेले जानकारी दिनु भयो । आफुहरुको नेपालमा पनि कम्पनी रहेको जानकारी दिदै पाण्डेले मुलुकमा पनि आधुनिक प्रविधि भित्राउन आफुहरु क्रियाशिल रही रहने बताउनुभयो । कोइराला र पाण्डेसंगै कम्पनीमाकतारका सफल नेपाली ब्यबसायी कमल घिमिरे,रिता लामिछाने दाहाल र श्याम बस्यालको पनि लगानी छ । बर दुबईको अल राफ्फा प्र्रहरी चौकी नजिकै रहेको आई टी प्लाजामा शुरु गरिएको पसलको नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा र एस एम टेकका अरबी स्पोन्सर मोहम्मब ओमारले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा युएईमा संगठित नेपाली विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिले ब्यवसाय सफलताको शुभकामना दिएका थिए । मजदुरीका लागि करिब चाल लाख युवा रहेको युएईमा ब्यवसाय गर्ने नेपाली ब्यवसायीको संख्या करिब तीन सय पुगेको छ । युएईमा काम गर्ने नेपालीहरु युएईका विभिन्न कम्पनीमा आईटी क्षेत्रमा पनि काम गर्दै आई रहेका छन् ।

प्रतिक्रिया