मनोज भन्छन, जन्म दिनको केक जस्तो होईन मेरो देश

इनेप्लिज २०७२ मंसिर १७ गते ४:४२ मा प्रकाशित

sddefault

वासिङ्गटन डिसी,डिसेम्वर २, नेपालका ख्यातिप्राप्त हास्य कलाकार मनोज गजुरेल अमेरिकाको विभिन्न शहरमा वाह्र वटा कार्यक्रम सम्पन्न गरी नेपाल फर्किएका छन् । उनले अमेरिकाको अन्तिम कार्यक्रम गत नोभेम्वर २९ तारिखको दिन नेपाल अमेरिका पत्रकार संघ नेजाको लागि गरेका थिए । कार्यक्रम स्थलमा प्रवेश गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा सजिएका उनले नेपाल माथि गरिएको नाकावन्दीको विरोध र मोदीे सरकारले छिमेकी माथि गरेको कुलषित भावनाको तिखो तरिकाले व्यङ्ग कसेका थिए ।

जन्मदिनको केक जस्तो होईन मेरो देश
चट्ट काटयो वाँडी खायो पहाड मधेश
भाई फुटाई ,राष्ट्र टुटाई
मार्न दिन्नौ देश, जनता होईन टुर्नामेन्टको वाघ चाल र चेस
मेरो देश मेरो देश
उनको माथिको लयात्मक प्रस्तुति र देश वनाउन मागेर हुँदैन भन्ने भावनाका कारणले पनि उनी दर्शकका माझ लोकप्रिय वन्न सफल भएका छन् । उनले न्यूयोर्कमा प्रस्तुत गरेका विभिन्न प्रस्तुतिहरुमा दर्शकहरुले पेटमिचिी मिची हाँसेका थिए ।
कलाकार मनोज गजुरेल सँग न्यूयोर्कमा ईनेप्लीजको लागि सञ्चारकर्मी मधुकर अधिकारीविश्वराज थापाले गर्नु भएको भिडियो संवाद प्रस्तुत गरेका छौं ।

प्रतिक्रिया