स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि

इनेप्लिज २०७२ मंसिर १७ गते १:५२ मा प्रकाशित

Pregnancies-and-Cell-Phonesरामपुर (पाल्पा), १७ मङ्सिर । पाल्पामा स्वास्थ्य संस्थामा गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुन थालेको छ । महिलामा प्रजनन जनस्वास्थ्यसम्बन्धी ज्ञान स्थानीय क्षेत्रसम्म पुग्न थालेपछि हिजोआज स्वास्थ्य संस्थामा गई प्रसूति गराउनेको सङ्ख्या बढेको हो ।

घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरा हुन्छ भन्ने महिलामा चेतनाको वृद्धि भएपछि स्वास्थ्य संस्थामा नै प्रसूति गराउन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

आव ०७०÷७१ मा जिल्लाभरिमा पाँच हजार ७१ र ०७१/७२ मा पाँच ४०७ जनाले स्वास्थ्य संस्थामा गएर प्रसूति गराएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत माधव ज्ञवालीले बताउनुभयो ।

स्वास्थ्य संस्थामा नै प्रसूति गराउँदा आमा र बच्चाको ज्यान खतरामा कमी आउन थालेको स्वास्थ्यकर्मी बताउँछन् । युनाइटेड मिसन अस्पताल, जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, रामपुर अस्पताललगायत जिल्लाका २५ स्थानबाट प्रसूति सेवा दिँदै आएको छ ।

प्रतिक्रिया