अमेरिकामा बस्नखान अत्यन्तै सुलभ र सस्ता १० राज्यहरू

इनेप्लिज २०७२ मंसिर १६ गते १३:५८ मा प्रकाशित

Untitled

अवसरको मुलुक, सपनाको मुलुक स्वतन्त्रता आर्थिक समृद्धिको मुलुकको रूपमा परिचित संयुक्त राज्य अमेरिकाका ५० वटै राज्यहरू सबै उस्तै छैनन् समग्रमा बस्न, खान तथा जीवन निर्वाहका लागि उस्तै उस्तै देखिए पनि विभिन्न राज्यहरूको अवस्था, जीवनशैली, खर्च, घर खरिद, आम्दानी, जागिर, स्वास्थ्य, यातायात, सुविधा तथा बस्न लाग्ने खर्च फरक छन् कहिँ महंगो कतै अत्यन्त सस्तो आर्थिक बृद्धिदर सूचकांक तथा जीवनशैली ग्राहस्त सबैको मापनलाई हेर्दा फरक फरक राज्य, सहर ठाउँहरूमा भिन्नता आज यस लेखमा अमेरिकामा खान, बस्न, स्वास्थ्य, यातायात, बिजुली, पानी, फोनको बिललगायत जीवन निर्वाहका लागि सस्तो १० राज्यहरूका बारेमा उल्लेख गरेको छु सस्तो सुलभ बसाइका सस्ता राज्यहरूमा हुने गरेका अपराध, हावापानी, मौसम, उपलब्ध शिक्षा तथा रोजगारीको अवस्थाका बारेमा चाहिँ यस प्रकारको सूचकांकमा उल्लेख गरिएको छैन यी राज्यहरू शिक्षाका क्षेत्रमा सामान्य भए पनि हावापानी मौसममा भने असामान्य पाइन्छ अब पढौं, अमेरिकामा सस्तो सुलभ राज्यमा कुन कुन पर्दछन् के कस्तो त्यहाँको अवस्था ? अपराधका घटनाहरु यि १० मध्य केहिमा अत्यधिक भने केहिमा कमि।

अमेरिकाका निम्न १० राज्यहरू खान बस्नका लागि अत्यन्तै सस्तो राज्यका रूपमा छनौट भएका छन् सीएनबीसी ब्यूरो अमेरिकाका अनुसार, निम्न राज्यहरूमा खान बस्न सस्तो, सस्तो कर, सस्तो घरहरू, सस्तो दरमा ग्रोसरी, बिजुली, पानी फोनको बिल निकै सस्तो रहेकाले यी राज्यहरूलाई सस्तो बसाइका राज्यका रूपमा छनौट गरिएको हो

. मिसिसिपीः बत्ती, पानी, बिजुली, उर्जाको खपतको खर्चको सूचकांक ८० भन्दा कम रहेको ग्रोसरी, घर तथा स्वास्थ्य मापन ९९ भन्दा कम, सहरी क्षेत्रमा सरदर घरको मूल्य दुई लाख ४८ हजार डलर, ग्रामीण क्षेत्रमा एक लाख १० हजार डलर भने राज्यकै बिजुली बत्ती, पानी कर एक सय २३ डलर । एपार्टमेन्ट भाडा यस राज्यमा निम्नतम २ देखि ३ बेडरुम​, एक बाथ र एक डाइनिङ्ग रुमको २ सय ५० डलर देखि  शुरु हुन्छ भने घर नै भाडामा लिदा ५०० डलर देखि ५५० डलरसम्म पर्न आउछ​। यो अन्य ठुला शहरको भाडा अनुपातमा निक्कै नै सस्तो हो।

. नेब्रास्काः यो पनि दोश्रो सस्तो राज्यका रूपमा छनौट भएको घरको मूल्य सहरी क्षेत्रमा दुई लाख ६० हजार डलर ग्रामीण क्षेत्रमा एक लाख २० हजार डलर रहेको पानी बत्तीका लागि लगभग एक सय २७ डलर रहेको । एपार्टमेन्ट भाडा यस राज्यमा निम्नतम २ देखि ३ बेडरुम​, एक बाथ र एक डाइनिङ्ग रुमको ३०० डलरदेखि   शुरु हुन्छ भने घर नै भाडामा लिदा ५५० डलरसम्म पर्न आउछ​। यो अन्य ठुला शहरको भाडा अनुपातमा निक्कै नै सस्तो हो।

. केन्टकीः यो तेश्रो सस्तो राज्यका रूपमा रहेको सहरी क्षेत्रमा घरको मूल्य दुई लाख ३२ हजार डलर भने ग्रामीण क्षेत्रमा एक लाख ३० हजार डलर रहेको यहाँ बिजुली बत्ती पानीको कर एक सय २३ डलर ।एपार्टमेन्ट भाडा यस राज्यमा निम्नतम २ देखि ३ बेडरुम​, एक बाथ र एक डाइनिङ्ग रुमको ३०० डलरदेखि   शुरु हुन्छ भने घर नै भाडामा लिदा ५५० डलरसम्म पर्न आउछ​। यो अन्य ठुला शहरको भाडा अनुपातमा निक्कै नै सस्तो हो।

. अर्कान्सस्ः यो राज्य अमेरिकामा बसाइका लागि चौंथो सस्तो राज्यका रूपमा पर्दछ सेवा, सुविधा तथा खर्चमा यो राज्य अमेरिकाका अन्य राज्यहरूभन्दा ११ प्रतिसत सस्तो राज्यका रूपमा पर्दछ यहाँ करको दर अत्यन्तै कम सहरी तथा नगर क्षेत्रमा घरको मूल्य तीन लाख दुई हजार डलर पर्दछ भने ग्रामीण क्षेत्रमा एक लाख ४० हजार डलर पर्दछ बिजुली बत्ती, पानीको कर मासिक एक सय ३४ डलर पर्दछ । एपार्टमेन्ट भाडा यस राज्यमा निम्नतम २ देखि ३ बेडरुम​, एक बाथ र एक डाइनिङ्ग रुमको ३०० डलरदेखि   शुरु हुन्छ भने घर नै भाडामा लिदा ५५० डलरसम्म पर्न आउछ​।

. आइडहोःयो सस्तो बसाईको पाँचौं राज्यमा पर्दछ बिजुली बत्ती, पानीको सूचकांक एकदमै कम घरको मूल्य सूचकांक ८४ रहेको यातायात तथा ग्रोसरीको सूचकांक ९५ भन्दा कम रहेको यहाँ सहरी क्षेत्रमा घरको मूल्य दुई लाख ५६ हजार डलर ग्रामीण तथा सहरबाहिरका क्षेत्रमा एक लाख ३५ हजार डलर रहेको यहाँ बिजुली बत्ती, पानीको मासिक खर्च सरदर एक सय ४६ डलर पर्दछ । एपार्टमेन्ट भाडा यस राज्यमा निम्नतम २ देखि ३ बेडरुम​, एक बाथ र एक डाइनिङ्ग रुमको ३०० डलरदेखि   शुरु हुन्छ भने घर नै भाडामा लिदा ५५० डलरसम्म पर्न आउछ​।

. आइवाः यो छैठौं सस्तो राज्यका रूपमा पर्दछ खाना तथा बसाइ अन्य राज्यहरूमा भन्दा ११ प्रतिसत कम हाउजिङ तथा युटिलिटी सूचकांक ९० भन्दा तल यातायातको सूचकांक ९१ भन्दा तल यहाँ सहरी क्षेत्रमा घरहरू सरदर दुई लाख ४० हजार डलर तथा ग्रामीण भेगमा एक लाख ४० हजार डलर पर्दछ । एपार्टमेन्ट भाडा यस राज्यमा निम्नतम २ देखि ३ बेडरुम​, एक बाथ र एक डाइनिङ्ग रुमको ३०० डलरदेखि   शुरु हुन्छ भने घर नै भाडामा लिदा ५५० डलरसम्म पर्न आउछ​। यो अन्य ठुला शहरको भाडा अनुपातमा निक्कै नै सस्तो हो।

. टेक्सासः यो सातौं सस्तो राज्यमा छनौट भएको टेक्ससको सहरी क्षेत्रमा घरको मूल्य सरदर दुई लाख ३९ हजार डलर तथा ग्रामीण क्षेत्रमा एक लाख ६० हजार डलर पर्दछ यहाँ बिजुली बत्ती, पानीको मासिक खर्च सरदर एक सय ५१ डलर पर्दछ हाउजिङ तथा युटिलिटी सूचकांक ९० भन्दा तल भने ग्रोसरी, यातायात तथा स्वास्थ्यको सूचकांक लगभग ९५ रहेको एपार्टमेन्ट भाडा यस राज्यमा निम्नतम देखि बेडरुम​, एक बाथ एक डाइनिङ्ग रुमको ४०० डलरदेखि   शुरु हुन्छ भने घर नै भाडामा लिदा ७०० देखि ८००  डलरसम्म पर्न आउछ​

.ओक्लाहामाःयो अमेरिकाको आठौं सस्तो राज्यका रूपमा रहेको ओक्लाहामामा सहरी क्षेत्रमा घरको सरदर मूल्य दुई लाख ६५ हजार डलर तथा ग्रामीण क्षेत्रमा एक लाख ३० हजार डलर पर्दछ यहाँ उर्जा तथा युटिलिटी खर्च मासिक एक सय ४९ डलर पर्दछ ग्रोसरी, उर्जा तथा यातायातको खर्चको सूचकांक ९८ भन्दा कम रहेको ।एपार्टमेन्ट भाडा यस राज्यमा निम्नतम २ देखि ३ बेडरुम​, एक बाथ र एक डाइनिङ्ग रुमको २९० डलर देखि ।   शुरु हुन्छ भने घर नै भाडामा लिदा  ५०० डलर देखि माथि डलरसम्म पर्न आउछ​। काम नपाएमा वा काम नगरिएको देखिएमा सरकारि सुबिधा अन्तर्गत महिनाको ५० डलर देखि १०० डलरसम्मको सरकारि सामाजिक सेवाका एपार्टमेन्ट पनि उपलब्ध छन​।

. टेनेसीः यो अमेरिकाको नवौं सस्तो राज्यका रूपमा रहेको यहाँको युटिलिटी सूचकांक ७९, घरको सूचकांक ८८ स्वास्थ्य तथा यातायातको सूचकांक ९० रहेको सहरी क्षेत्रमा घरको सरदर मूल्य दुई लाख ११ हजार डलर पर्दछ त्यसैगरी ग्रामीण क्षेत्रमा घरको सरदर मूल्य एक लाख १५ हजार डलर पर्दछ बत्ती तथा पानीको मासिका खर्च सरदर एक सय ४६ डलर पर्दछ । एपार्टमेन्ट भाडा यस राज्यमा निम्नतम २ देखि ३ बेडरुम​, एक बाथ र एक डाइनिङ्ग रुमको २९० डलर देखि  शुरु हुन्छ भने घर नै भाडामा लिदा  ५०० डलर देखि माथि डलरसम्म पर्न आउछ​। काम नपाएमा वा काम नगरिएको देखिएमा सरकारि सुबिधा अन्तर्गत महिनाको ५० डलर देखि १०० डलरसम्मको सरकारि सामाजिक सेवाका एपार्टमेन्ट पनि उपलब्ध छन​।

१०. क्यानसासः यो दशौं सस्तो राज्यमा पर्दछ क्यानसासको सहरी क्षेत्रमा घरको मूल्य सरदर दुई लाख ६१ हजार डलर पर्दछ ग्रामीण क्षेत्रमा घरको सरदर मूल्य एक लाख ४१ हजार डलर रहेको यो राज्यमा घर तथा उर्जा खर्चको सूचकांक ९० भन्दा तल त्यसैगरी यातायातको सूचकांक ९२ स्वास्थ्यको ९५ रहेको । एपार्टमेन्ट भाडा यस राज्यमा निम्नतम २ देखि ३ बेडरुम​, एक बाथ र एक डाइनिङ्ग रुमको २९० डलर देखि ।   शुरु हुन्छ भने घर नै भाडामा लिदा  ५०० डलर देखि माथि डलरसम्म पर्न आउछ​। काम नपाएमा वा काम नगरिएको देखिएमा सरकारि सुबिधा अन्तर्गत महिनाको ५० डलर देखि १०० डलरसम्मको सरकारि सामाजिक सेवाका एपार्टमेन्ट पनि उपलब्ध छन​।

सरकारि प्राथमिक बिध्यालय​, निम्न माध्यमिक बिध्यालय तथा माध्यमिक बिध्यालय अनिवार्य हाजिर हुनुपर्ने हुन्छ भने साना बस्ति तथा गरिब बस्तिमा सरकारि बढि अनुदान लिएका यस्ता बिध्यालयमा शिक्षाको अबस्था, गुणस्तर प्रबिधि ठाउ अनुसार छन यि सर्बसुलभ राज्यहरुमा भने रोजगारि तथा कलेजहरु को गुणस्तरियता पनि राज्य पिच्छे फरक छन​। स्तो, सुलभलाइ हेर्दा साउथ क्यारोलिना, नर्थक्यारोलिना, जर्जिया, फ्लोरिडा तथा वेष्ट भर्जिनिया पनि उस्तै उस्तै हुन तर जिबनशैलि, कर तथा बिभिन्न शहरहरुको बस्तुस्थिति फरक फरक हुदा घर​, स्वास्थ्य​, यातायात​, बत्ति, पानि बिजुलि, रोजगारको मुल्य​, खर्च र खपत पनि फरक फरक छन​। अब बाकि चाहि सर्ने, नसर्ने, ति राज्यहरुमा जाने नजाने र कमाएर खर्च गर्ने कि बचत पनि गर्दै जाने तपाइहरुकै हातमा।

 (लेखक बरिष्ठ वातावरण पत्रकार, अमेरिका-नेपाल व्यवसायी संघका कार्यवाहक अध्यक्ष अमेरिकन चेम्बर अफ कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।)

 

प्रतिक्रिया