बोस्टनमा भारतीय नाकाबन्दी बिरुद्ध बिरोध प्रदर्शन

इनेप्लिज २०७२ मंसिर १६ गते २:०५ मा प्रकाशित

 

kiran khadka 4गत नोभेम्बर २९ तारिख  भारतले अघोषित रुपमा सेप्टेम्बर देखि लगाएको नाकाबन्दीको बिरुद्ध अमेरिकाको न्यु इंग्ल्यान्ड क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले भारत तथा प्रधान मन्त्री मोदीको व्यापक बिरोध प्रदर्सन गरेका छन् l

अमेरिका लगायत अन्तर्राष्ट्रीय समुदायको समेत ध्यानाकर्षण गराउने उदेश्यले न्युइंग्ल्यान्ड ( कनेक्टिकट ,मेन ,म्यासाचुसेट्स ,न्यु हेम्पसायर ,रोड आइरल्याण्ड तथा भरमन्ट )मा बसोबास गर्ने नेपाली समुदाय ,संघ तथा संस्थाको सयुक्त पहलमा बोस्टनमा उक्त बिरोध कार्यक्रम सफलता पुर्वक समापन गरियो l भारतले गरेको अघोसित नाकाबन्दी बिरुद्ध एकत्रित भै भारत बिरुद्ध नाराबाजी गर्नुको साथै झन्डा तथा बिभिन्न नारा लेखेका सामग्री सहित प्रदर्सनमा भाग लिएका थिए l

kiran khadka 3बिरोध प्रदर्सन कार्यक्रममा कुनै एकल संस्थाको नेतृत्व नगरी वाशिंगटन डिसीमा गरिएको प्रदर्सन जस्तै अपनाई सबै नेपाली समुदाय तथा संस्थाको सयुक्त प्रयासबाट गरिएको जानकारी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्ष प्रहलाद केसीले बताए l

उक्त बिरोध प्रदर्सनमा थोरै वक्तालाई बोल्ने तारतम्य मिलाईएको थियो भने बिदेशीहरुले समेत नेपालीहरुको बिरोध कार्यक्रमलाई ऐक्यबद्धता  देखाएका थिए  l अमेरिकामा बसोबास गर्ने बंगलादेशी नागरिक ,नेपालको भ्रमण गरेकी अमेरिकी स्वास्थ्य परिचारिका ,अमेरिकाका शिक्षक ,संचारकर्मी सान प्रधान (साझा डटकम )का संचालक ,अन्य नेपाली समुदायका व्यक्तिहरु तथा एनआरएन एनसीसी अमेरिकाका पूर्व अध्यक्ष प्रहलाद केसीले नाकाबन्दीको बिरोध गंरुको साथै नेपाली समुदायले भोगेको दुख कष्ट बारेमा जानकारी गराएका थिए l र वक्ताले विश्व कै एक ठुलो प्रजातान्त्रिक राष्ट्र भारत जस्तो देशले नेपाल जस्तो सानो मुलुकलाई यसो गर्नु सुहाउदैन भन्दै आक्रोश पोखेका थिए l

pralhad 2

भारत जस्तो देशले भूकम्पबाट पिडित देशलाई यस्तो कदापी गर्नु हुदैन l  यो नाकाबन्दी अब्यबहारिक हो l  बिश्व पारवहन सन्धि बिपरित हो भन्दै यो मानवता विरोधी नाकाबन्दी तुरुन्तै बन्द गर भन्ने विचार केसीले राखेका थिए l  बिरोध प्रदर्शन लाई सशक्त बनाउन संघ संस्थाका पदाधिकारी बुद्धिजीवी , बिद्यार्थी, खेलाडी ,महिला, पुरुष ,बृद्ध /बृद्धा, बाल बालिका, प्राध्यापक ,पत्रकार तथा सबै पेसाका नेपाली समुदायको उपस्थिति रहेको थियो l

kiran khadka 6 kiran khadka 1 bideshi nurse bangaladeshi san san pradhan 2 san pradhan 1 san 3pralhad kc 3

 

 

प्रतिक्रिया