नेपाली भाषा र साहित्य राष्ट्रको पहिचान: राष्ट्रपति भण्डारी

इनेप्लिज २०७२ मंसिर १५ गते १२:३५ मा प्रकाशित

Rss_Images_1448966336512_Pro_Ktm_ President_ Prize distrubtion (2)काठमाडौँ, १५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषा र साहित्य राष्ट्रको पहिचान भएको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ५७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरेको ‘पुरस्कार समपर्ण समारोह–२०७२’ मा उहाँले विश्वमा नेपालीलाई चिनाउने माध्यम नै भाषा र साहित्य भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “भाषा र साहित्यका माध्यमबाट राष्ट्रको विकास गर्नुपर्छ, साहित्यमार्फत नेपालको सुन्दरतालाई उचाइमा पुर्‍याउन सकिन्छ ।

उहाँले वर्तमान नेपालको ज्वलन्त समस्याका बारेमा साहित्यमार्फत बाहिर ल्याई राष्ट्रमा आएको परिस्थितिलाई समाधान गर्न सहयोग पुर्‍याउन स्रष्टाहरुलाई आग्रहसमेत गर्नुभयो ।

राष्ट्रपति भण्डारीले साहित्यको माध्यमबाट नवप्रतिभावान् स्रस्टालाई सिर्जनामा लाग्न प्रोत्साहन गर्नुका साथै भाषा र साहित्यबाट राष्ट्र विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भाषा र साहित्यमार्फत नयाँ संविधान कार्यान्वयन गराउन आग्रह गर्नुभयो ।

उहाँले कविले आफ्नो सिर्जनाको माध्यमबाट सीमा सुरक्षा, राष्ट्रप्रेम र देशको समग्र विकासको कुरा आउनु अत्यन्तै राम्रो भएको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नवोदित सिर्जनशील युवालाई उत्प्रेरित गर्ने उद्देश्यले प्रत्यक वर्ष कविता महोत्सव गर्ने गरेको जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्वस–२०७२ मा प्रथम हुनुभएका एकल यात्रीलाई रु २० हजार, द्धितीय हुनुहुने चेतनाथ धमलालाई रु १५ हजार र तृतीय हुने त्रयकवि शशी थापा पण्डित, हरिशरण परियार, नारायणप्रसाद पोखरेललाई जनही रु १०/१० हजार प्रदान गर्नुभयो ।

प्रतिष्ठानले २०२२ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया