नेपाली जनसम्पर्क समिति बेलायतले नेपाल तरुण दलका अध्यक्ष राणासग अन्र्तक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ मंसिर १४ गते १२:३६ मा प्रकाशित
 Jana Samparka samiti udaya2
नेपाली जनसम्पर्क समिति  बेलायतको सभापति लोक गुरुङको सभापतित्वमा लन्डनस्थित नेपाली रेष्टुरेन्ट राराको सभाहलमा नेपाली कागे्रसका युवा नेता संसद तथा नेपाल तरुण दलको अध्यक्ष उदय शम्शेर राणा लाई स्वागत तथा अन्र्तक्रिया कार्यक्रम नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट भव्यतका साथ सम्पन्न भएको छ ।
समितिका सभापति लोक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि श्री राणा,विशेष अतिथि  गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आर्चाय र अतिथिहरु ,एनआरएन बेलायका उपाध्यक्ष हिराधन राई,हन्सलो उपमेयर विष्णु गुरुङ्ग,एनआरएन बेलायतको पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन बेलायतको युवा संयोजक रिचर्ड गुरुङ्ग, नेवीसंघका उपाध्यक्ष रेशम वश्याल ,डा्रगन व्यईजका अध्यक्ष प्रेम घा ,  जनताको आवाजबाट रोशन राई, लगायत नेपाली कागे्रसमा आस्था राख्ने सक्रिय मित्रहरु पृथ्वीराज राई,श्याम राई,सुभाष राई,रविन सुव्वा र दिल लिम्बुको उपस्थित रहेकोे कार्यक्रमलाई समितिका सहमहामन्त्री डाÞ मिन रानाभाटले कार्यक्रम संन्चालन गरेका थिए ।
uday1
उक्त कार्यक्रमका प्रमुख अथिति राणाले नेपालको बर्तमान स्थितीबारे प्रकाश पार्दै यो परिस्थितीलाई वार्ताको माध्यमबाट मात्रै निकास दिन सकिने जिकिर गदै सरकार नेतृत्व पक्ष, आन्दोलनरत पक्ष  र नेपाली कागे्रसबिच सकरात्मक वार्ता प्रश्चात मात्र छिमेकी राष्ट्र भारत सगको चिसिएको सम्बन्ध सदृढ हुन सक्ने बताएका थिए । बेलायत स्थिती जनसम्पर्क समितिको विवादको सन्र्दभमा बेलायत आउन अघि जनसम्पर्क समिति विभाग प्रमख नेपाली कागे्रसका केन्द्रिय सदस्य श्री अर्जुन जोशी सग भएको सम्बादमा लोक गुरुङ्ग नै  जनसम्पर्क समिति बेलायतको आधिकारीक सभापति भएको जोशीको भनाईलाई प्रस्ट पार्दै आगमी हुन लागेको नेपाली कागे्रसको १३औ महाधिवेशनमा केन्द्रिय सदस्य उम्मेदवारी दिने निर्णय गरिसकेको सभालाई खुलासा गर्नु भएको थियो ।
उक्त सभालाई आफ्नो मन्तव्य राख्ने क्रममा एनआरएन आई सिसि सल्लाकार तथा नेपाल विधार्थी पूर्व केन्द्रिय कोषध्यक्ष विश्व आर्दश पण्डित, एनआरएन युरोप संयोजक कुल आर्चय, एनआरएन आई सिसि सदस्य,मोना म्याग्दी प्रवासी नेपाली संघ अन्र्तराष्ट्रिय कार्यसमिति तथा पूर्व अध्यक्ष योगेन क्षेत्री, हन्सलो बरोका काउन्सिरलर तथा पूर्व उपमेयर विष्णु गुरुङ्ग,समितिका महामन्त्री राजकुमारी त्रिपाटी,नेÞ वीÞ संघ उपाध्यक्ष रेशम वश्यालले मन्तव्य राखेको सभालाई समितिका कोषध्यक्ष सूर्य तामाङ्गले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यतिर समितिका प्रवता प्रवेश केसीले कार्यक्रम सफल भएकोमा र जनसम्पर्क समिति विभाग प्रमख नेपाली कागे्रसका केन्द्रिय सदस्य श्री अर्जुन जोशीले बेलायतस्थित लोक गुरुङ्गको कार्य समिति नै आधिकारीक समिति रहेको घोषणा भएकोमा धन्यवाद व्यक्त गर्दै प्रजातन्त्रको लागि नेपाली कागे्रसले राणा शासन,पंन्चायत व्यवस्था, र राजपरिवार लाई समेत हटाएको पुरानो नजिरहरुको संझना गराएका थिए । नेपाली जनताको हितको लागि र प्रजातन्त्रको लागि लडिरहने नेपाली कागे्रस हाल प्रजातन्त्रको धरापमा परेको केशीले महशुस व्यक्त गरेका थिए ।
समितिका उपाध्यक्ष युराज गुरुङ्गले सम्पूर्ण व्यवस्थापन परिमार्जन जुटाई सफल भएकोमा सफल्ताको संकेत अवगत गदै सभापति लोक गुरुङ्गले सभालाई औपचारिक रुपमा कार्यक्रमलाई समापन गर्नु भएको थियो ।

प्रतिक्रिया