साहित्यकार दामोदर पुडासैनीलाई सर्बोत्कृष्ट अनेसास अन्तर्राष्ट्रिय पुरस्कार

इनेप्लिज २०७२ मंसिर १३ गते २२:४३ मा प्रकाशित

तस्बिर :राजिव श्रेष्ठ

PUDASAINI 2 नमेटिएका चित्रहरु ,नियात्रा कृतिका लागि अनेसास अन्तर्राष्ट्रिय सर्बोत्कृष्ट पुस्तक पुरस्कार बिजेता चर्चित तथा वरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर”ले अमेरिकाका विभिन्न राज्यहरुमा आयोजना भएका साहित्यिक कार्यक्रममा भाग लिनु भएको छ |

वहालाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )अमेरिकाले गत नोभेम्बर २१ तारिख सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१५ द्वारा सम्मानित एक भब्य समारोहको बिच प्रदान गरेको छ | सन् २०१२ देखि २०१४ सम्ममा विश्वभरबाट प्रकासित पुस्तकहरु मध्ये पुडासैनीको नियात्रा कृति नमेटिएका चित्रहरु सर्बोत्कृष्ट ठहरिएकोले वहालाई यो सम्मान अर्पण गरिएको हो |

PUDASAINI 1

पुडासैनिको नमेटिएका चित्रहरुलाई अङ्रेजी भाषामा अनुवाद गरि विश्वभर बिक्रि वितरण गर्ने कुरा पनि अनेसास अमेरिकाले जनाएको छ | पुरस्कार वितरण समारोहमा मेरील्यान्ड राज्यका गबर्नर ल्यारी होगन, बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा. श्याम कार्की, अनेसास केन्द्रका वर्तमान अध्यक्ष पदम विश्वकर्मा, संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यबाहक राजदूत ऋषि घिमिरे, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा ,पुरस्कार छनोट समितिका अध्यक्ष सीता पाण्डे लगायतले अनेसासका गतिबिधिहरु र वरिष्ठ साहित्यकार दामोदर पुडासैनीको ब्यक्तित्व र कृतित्व माथि प्रकाश पार्नु भएको थियो |

पुरस्कार वितरण समारोहमा विश्वका धेरै देशका साहित्यकारहरुको उपस्थिति रहेको थियो भने सो अवसरमा पुडासैनीलाई बोर्ड अफ ट्रस्टी अमेरिकाको र  अनेसास अमेरिकाको आजीवन सदस्यता पनि प्रदान गरिएको कुरा ति दुबै संस्थाहरुले छुट्टा छुट्टै जनाएका छन |

सो अवसरमा वरिष्ठ साहित्यकार पुडासैनीले अनेसास अमेरिकाबाट नमेटिएका चित्रहरु अङ्रेजी भाषामा अनुवाद गरी बिक्री वितरणबाट प्राप्त हुने लेखकस्व को पचास प्रतिसत रकम सोहि संस्थालाई प्रदान गर्ने घोषणा गर्नु भयो | पुरस्कार तथा सम्मान ग्रहण गर्दै साहित्यकार पुडासैनीले यस किसिमको अन्तरराष्ट्रिय सर्बोत्कृष्ट पुरस्कार पाउँदा आफूमा थप उर्जा प्राप्त भएको र यस क्षेत्रमा लाग्न थप हौसला प्राप्त भएको कुरा पनि बताउनु भयो |

PUDASAINI 5

साहित्यकार पुडासैनीले अनेसास न्युयोर्क शाखा द्वारा आयोजित बिशेष साहित्यिक कार्यक्रममा र विभिन्न राज्यका संस्थाहरुद्वारा आयोजित साहित्यिक कार्यक्रममा पनि साहित्य ,जीवन र डायेस्पोरासाहित्यको बारेमा प्रकाश पार्नु भएको थियो |

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी र कवि देश सुब्बालाई किरात याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाले पनि रुजबेल्टमा एक भब्य समारोहमा सम्मान गरेको छ | सो अबसरमा कवि मणि बांग्देल मनु लोहरुंग राई ,बुद्ध चेम्जोङ्ग ,नदिया लोबुंग ,विश्व थापा, देश सुब्बा ,दिनेश राई ,अशोक चाम्लिङ्ग राई आदिले साहित्यकार पुडासैनीसंग अन्तरक्रिया गरेका थिए |

बि.सं. २०१९ जेठ १८ गते काठमान्डुको जितपुरफेदीमा जन्मनु भएका पुडासैनीका आफन्तका अनुहारहरु , आँखाको खोजीमा ,आलोकित आयाम ,आकारको खोजीमा , समयको सहीछाप ,पहाड र प्रेम ,यात्राका प्रेमिल तरंगहरु ,नमेटिएका चित्रहरु ,मायालु हुम्ला ,सिमानाका रंग ,सिमानाका तरङ्ग जस्ता कृतिहरु अत्यन्त चर्चामा छन् |

र वहा आगामी मंगसिर १५ गते अमेरिकाको भ्रमण समाप्त गर्दै मातृभूमि नेपाल फर्कदै हुनु हुन्छ l

प्रतिक्रिया