आज देश को के हाल भो”

इनेप्लिज २०७२ मंसिर १३ गते १२:०९ मा प्रकाशित

ujjwal 1

आज देश को के हाल भो
सत्ता साता सात गर्ने मात्र सरकार भो
जनताहरुसबै लाचार भो
नेताहरु दुइ गुना चार भो
जनता भन्दानी कुर्शी को अधिकार भो
मरे जनता मर्छ, कसको के जान्छ
कुर्शी मा बस्ने सड्यन्त्र र चाल भो
हिजो एउटा अनि थपे दुइटा उपप्रधान मन्त्रि
आज कुर्शी मा ६ जना लम्पसार भो
आज देशको के हाल भो
सत्ता साता सात गर्ने मात्र सरकार भो
एउटा सहर र सरकार चुस्ने
अर्को तराई चुड्ने डाक्टर भो
संघियेताको नाममा
देश मा आगो बाल्ने विचार भो
हिजो थियो भारत मित्र दाता
आज सत्रु बनि तलवार को धार भो
आज देश को के हाल भो
सत्ता साता सात गर्ने मात्र सरकार भो
अझै नेताहरुको बुद्धि पालाको छैन
देश लुट्ने हुन्दारै हुन्दार भो
हे देश बनउने एउटा नेता त जन्म
जो आयेनी थुकेको थुक झैँ खकार भो
आज देश को के हाल भो
सत्ता साता सात गर्ने मात्र सरकार भो

प्रतिक्रिया