छर्लङ्ग
इनेप्लिज
२०७२ मंसिर १३ गते ११:५५ मा प्रकाशित

सवैले प्रष्ट बुझुन भनेर
बोल्ने नबोल्ने सवै बोली दिएं
छर्लङ्ग देखियोस् भनेर
कपडा पनि खोली दिएं
तेज बल आओस् भनेर
नपिउने पनि पिइदिएं
के पो हुन्छर भनेर
शत्रुसंग पनि मिलिदिएं
किन राम र कृष्णहरुको मात्रै गाथा भनेर
सकुनी, दुर्योधन र राबणहरुको गीत गाइदिएं
पहिलै विफल भएको
दाउपेचसंग फेरि मित लाइदिएं ।
प्रतिक्रिया