सिर्जना उत्सवमा देश र आनन्द

इनेप्लिज २०७२ मंसिर १२ गते १८:०१ मा प्रकाशित

12304446_10154007867763132_6044660402605333524_o

सिर्जना उत्सव , बोस्टनको ३२ औ शृंखलामा देश सुब्बा र आनन्द श्रेष्ठको स्वागत र सम्मानमा गरिएको छ / बोष्टनमा विगत तीन बर्षदेखि नियमित रुपले साहित्यिक सिर्जना वाचन गरिदै आएको मासिक साहित्यिक शृंखलामा यसपटक भयवादका प्रवर्तक हङ्कङ् निवासी सुब्बा र नेपालबाट आएका गज़लकार श्रेष्ठको स्वागत, सम्मान र उनीहरूसंगको विचार विमर्शका साथमा बोष्टनका साहित्यकारहरूको सिर्जना वाचन गरिएको हो/

12314519_10154007866478132_5717795681519634404_o

कार्यक्रममा साहित्यकार आनन्द श्रेष्ठले अमेरिका भ्रमण, आफ्नो गज़लकारिता र नेपाली गज़लको वर्तमान अवस्थाका बारेका बोलेका थिए भने देश सुब्बाले १७ वर्षदेखि निरन्तर लागिपरेको आफुले प्रतिपादन गरेको भयवादका बारेमा बोलेका थिए / उनले भयवादको अन्तर्राष्ट्रिय मान्यता प्राप्तिले आफूलाई खुशी बनाएको बताउदै आफ्नो मन्न्यताको मान्यता नेपाली सबैका लागि खुशी र गौरवको बिषय भएको बताए/

12308084_10154007866068132_1867696800757460490_o

कार्यक्रममा गोवर्धन पूजाले देश सुब्बा र आनन्द श्रेष्ठको परिचय गराउदै बोष्टनमा साहित्यकारको स्वागत गर्न र साहित्यिक वातावरण बनाउन सिर्जना उत्सव जन्मिएको बताए/ स्थापनाको पहिलो वर्ष आफूले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेको बताउदै दोश्रो बर्षदेखि सिर्जना उत्सवमा आवद्द सबै साहित्यकारले प्रत्येक महिना चक्रीय प्रणालीमा कार्यक्रमको संयोजन र सभापतित्व गर्ने परम्परा बसालेको जानकारी गराए/ जस अनुसार यसपटकको कार्यक्रम संयोजक दीपा राई पुनले र कार्यक्रमको सभापतित्व ममता कर्माचार्यले गरेका थिए/

12273607_10154007867328132_5750666931655804184_o

कार्यकर्ममा डा. शिव गौतम, भारती गौतम, महेश्वर पन्त, देश सुब्बा, आनन्द श्रेष्ठ, अनु शाह, ममता कर्माचार्य, लालबहादुर एर , सुशील नेपाल, हरिप्रसाद काफ्ले शैव , धिरज पुन, दीपा राई पुन र गोवर्धन पूजाले सिर्जना वाचन गरे/ यसै गरी अमेरिका नेपाल सम्पर्क मंचका अध्यक्ष संजय थापा, सिर्जना कुँवर , कुशल श्रेष्ठ, सम्पूर्ण थापा, पुज्य थापालगायतले मन्तव्य व्यक्त गरे/ कार्यक्रमको अर्को शृंखला डिसेम्वर महिनाको अन्तिम आइतवार ममता कर्माचार्यको संयोजनमा महेश्वर पन्तको सभापतित्वमा हुने जानकारी पनि गराइयो /

11037155_1036773039701303_400170220711593903_n

प्रतिक्रिया