वार्ताबाटै समस्याको समाधान हुन्छ: अर्थमन्त्री पौडेल

इनेप्लिज २०७२ मंसिर १२ गते ७:५८ मा प्रकाशित

bishnu paudelलुम्बिनी (रुपन्देही), १२ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा जारी समस्याको समाधानका लागि वार्ता र सम्वाद मात्र उत्तम विकल्प भएको धारणा राख्नु भएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका मन्त्री पौडेलले देश भित्रको समस्या वार्ता र सम्वादबाट नै समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले भारतीय नाकाबन्दीको कारण आपूर्ति व्यवस्थापनमा आएको असहजतालाई छिट्टै समाधान गरिने गरी काम अगाडि बढाइएको बताउनुभयो ।

नेपाली जनताले संविधान बनाएर के गल्ती गरेका छन् र छिमेकीले यस्तो असहयोग गरिरहेको छ भन्दै मन्त्री पौडेलले भन्नुभयो हामीले के गल्ती गरयाँै र जसको कारण एउटा छिमेकीले नाकाबन्दी जस्तो उपहार दिइरहेको छ ?

मन्त्री पौडेलले अहिलेको सीमाङ्कनमा आवश्यक्ताअनुसार संशोधनसमेत गर्न सकिने जनाउँदै प्रदेशको सीमाङ्कनको विषयमा आयोगमाफर्त तथा संसदीय आयोग बनाएर पुनःबिचार गर्न सकिने बताउनुभयो ।

मन्त्री पौडेलले नाकाबन्दीको कारण मुलुकमा मानविय सङ्कट हुने अवस्था आएको बताउँदै यसलाई कूटनीतिक तवरले समाधान गर्ने उल्लेख गर्नु भयो ।

प्रतिक्रिया