राष्ट्रपति भण्डारीद्वारा ओहोदाको प्रमाणपत्र ग्रहण

इनेप्लिज २०७२ मंसिर १० गते १४:०७ मा प्रकाशित

bidhya-bhandariकाठमाडौँ, १० मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालस्थित विभिन्न मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।

नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रिचार्ड मोरिस र गणतन्त्र म्यानमारका राजदूत यु ल्वीन ओले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षेत्री, राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुङ्गाना, परराष्ट्र सचिव शङ्करदास बैरागीलगायत मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।

यसैगरी आजै राष्ट्रपति भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत पदमा कार्यरत डा अर्जुनकुमार कार्कीलाई कोष्टारिकाका लागि गैरआवसीय नेपाली राजदूत पदमा पनि नियक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया