टहरा हस्तान्तरण

इनेप्लिज २०७२ मंसिर ९ गते २:४९ मा प्रकाशित

साँखु (काठमाडौँ), ९ मङ्सिर । शङ्खरापुर नगरपालिका–८, ९, १० र ११ का २५ भूकम्पपीडितलाई मङ्गलबार प्रतिव्यक्ति १० हजारका दरले घरभाडाबापत राहत वितरण गरिएको छ ।

यसअघि गत कात्तिक २४ गते पाँच हजार वितरण गरिएको थियो । सो समेत जम्मा घरभाडाबापत रु १५ हजार राहत वितरण गरिएको हो । सो रकममा १० प्रतिशत करकट्टा गरिएको छ । एकीकृत सहरी विकास केन्द्रको संयोजनमा युएन ह्याबिट्याट मार्फत जापानी सहयोगमा उक्त रकम बाँडिएको हो ।

त्यसैगरी सोही वडामा बसोबास गर्ने १९ भूकम्पपीडितलाई आश्रय दिने परिवारलाई प्रतिपरिवार रु १५ हजारका दरले राहत वितरण गरिएको कार्यक्रम संयोजक यशमान कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार सो संस्थाले साँखुका विभिन्न ठाउँका ५० घरपरिवारलाई टहरासमेत वितरण गरेको छ ।

प्रतिक्रिया