प्रभावकारी भाषण कार्यशाला किन महत्वपूर्ण?

इनेप्लिज २०७२ मंसिर ७ गते २२:१५ मा प्रकाशित

12243477_1078826638808185_4549567436110105327_nयस बे-एरियाको एक दशक बसाईसँगै मेरो समाजसेवी जीवनमा दुईवटा सँस्थाको संस्थापक अध्यक्ष साथै करिब एक दशक अध्यक्षको हैसियतले समाजमा संगलग्न भैआएता पनि यस यात्रामा समाजलाई नेतृत्व दिने एक व्यक्तिको लागि अति महत्वपूर्ण कुरा प्रभावकारी सार्बजनिक भाषण कसरि गर्ने भन्ने ट्रेनिङ्ग पहिलो पटक लिने मौका पाए। कार्यशाला बिहान ११ बजे देखि बेलुकी ५ बजे सम्म चलेको थियो। तिन प्रशिक्षकहरुले पालैपालो नयाँ ढंगले बिद्यार्थीहरुको ध्यान खिज्दै नयाँ प्रस्तुत दिएर अझ पाठशालामा बस्न पाए पनि हुँदो हो जस्तो भएको अवस्थामा कार्यक्रम समाप्त भएको थियो। मेरो अमेरिकन साथीले दिएकी पब्लिक स्पीचको भिडियो हेरेकी थिए त्यस्तै युटुबमा पनि केहि पब्लिक स्पिचको शैलीहरूको ज्ञान नलिएको हैन तर यो कार्यशालामा प्रशिक्षकहरुले देखाएका कुराहरु उहाँहरुको हाउभाउले भनेका कुराहरु र एक अर्काले मिलेर गरेको कृयाकलाप अनि प्रतिक्रियाहरु सबै अति व्यहारिक थिए जसले दिमागमा सजिलै ठाउँ बनाएर साच्चै जीवनमा अति महत्वपूर्ण नयाँ अनुभव गरेको महसुस भैरहेको छ मलाई। ट्रेनिङ्गले जिन्दगि बदलेको अन्तर्वार्तामा सुनेकी थिए आज बिश्वास लाग्यो।

चाडपर्व र साँस्कृतिक कार्यक्रममा ब्यस्त हुने नेपाली समाजको लागि यस्तो कार्यशालामा भाग लिनु एक किसिमको नौलो स्वाद नै थियो यस ठाउँका नेपालीहरुको लागि त्यसैले होला सबैजना सहभागीहरु निक्कै उत्साहित देखिन्थे। आईस ब्रेक गरिसकेपछि १ मिनेटमा आफ्नो परिचय लेखेर एक जोडीले एक अर्कालाई परिचय दिदै पाठशालाको शुरुवात भएको थियो। थोरै समयमा मनको कुरा लेख्ने तथा कुनै बिषयमा आफ्नो धारण राखेर निबन्ध लेख्ने त्यस्तै दिएको समय भित्र र बिषयबस्तुमा आफ्नो तर्क लेख्ने अभ्यास भएको थियो। त्यहिँ कुरालाई अगाडी प्रस्तुत गरि साथीहरुबाट प्रतिक्रिया सुन्न र गर्न पाउँदा बाताबरण निक्कै रमाईलो भएको थियो। दर्शकको सामुन्ने भाषण गर्दा आत्मविश्वास त हुनैपर्छ त्यसको साथै बिषयबस्तु र समयलाई मध्यनजर राखेर अभ्यास गर्नु त्यत्तिकै महत्वपूर्ण रहेछ यी सब हुदाहुदै पनि बिषयबस्तुले खासै ७% मात्र ठाउँ लिन्छ रे आफुले दिन खोजेको कुरा दर्शकको मन दिमागमा बसाउँन ९३% ठाउँ चाही आँखा, शरीर साथै आवाजले लिन्छ रे यसको लागि केहि धर्मादेसहरुमा ध्यान दुनु नै पर्दोरहेछ। जस्तै भाषणको शुरुवात रामाईलो कुराबाट गर्ने जसले दर्शको ध्यान खिच्न सकोस। राम्रो भाषण गर्न धेरै भन्दा धेरै अभ्यास गर्नु नै पर्दोरहेछ किनकी संसारको सार्बजनिक भाषण गर्ने ब्यक्तिहरुबाटै लिएको प्ररिक्षणको नतिजाले ८५% व्यक्तिहरुमा भाषण गर्दा एक किसिमको डर हुन्छ रे। यी मैले सराम्सामा कार्यशालाबाट सिकेको कुराहरु हुन्।

एउटा प्रभावकारी भाषणले करडौ मान्छेको सोचमा परिबर्तन ल्याउछ। जे होस् सानो समाजमा नेतृत्व गर्ने ब्यक्तिहरुबाट पनि समाजमा छाप परिरहेको नै हुन्छ त्यसैले यस्तो कार्यशालाबाट मानिसमा सहि कुरा थोरै समयमा प्रभावकारी ढंगले बोल्न सक्ने क्षमताको बिकास हुनेछ र समाजलाई दिन खोजेको कुरा पुर्याउन ठुलो मदत मिल्नेछ भन्ने कुरामा दुईमत छैन। यस कार्यशालाको लागि आफ्नो महत्वपूर्ण समय योगदान दिनुहुने प्रशिक्षक राजेन थापा, डा. अमोद पोखरेल र डा. टिका लम्साल साथै आयोजक ध्रुव थापा-अध्यक्ष बर्कली अन्नपूर्ण लाईन्स, शंकर कार्की- अध्यक्ष फ्रीमण्ड सगरमाथा लाईन्स तथा हरिहर दाहाल – पुर्व अध्यक्ष सन्नी सगरमाथा समाजलाई हृदय देखि अभार व्यक्त गर्दै धेरै धन्यबाद ज्ञापन गर्न चाहान्छु।

प्रतिक्रिया