कोलोराडोमा मेघा कल्चलर सो २०१५ भव्य रूपमा सम्पन्न (फोटो फिचर)

इनेप्लिज २०७२ मंसिर ७ गते २२:०२ मा प्रकाशित

26कोलोराडो- ग्लोबल भुटानिज कमुनिटी कोलोराडोको आयोजनामा यही नोभेम्बर २१ शनिवारका दिन मेघा कल्चलर सो भव्य रूपमा सम्पन्न भएको छ । महानायक राजेश हमाल, गायक कर्मा शेर्पा सहित विभिन्न कलाकारहरुको आकर्षित प्रस्तुति रहेको उक्त कार्यक्रममा उल्लेखनीय रूपमा दर्शकहरुको उपस्थिति थियो ।

25महानायक राजेश हमाल र भुटानी मूलका प्रथम स्थापित गायक प्रताप सुब्बालाई अभिनन्दन गरिएको उक्त कार्यक्रममा गायक कर्मा शेर्पा, गायक मनोज राई, गीतकार अर्जुन सापकोटा र कलाकार किरण पेले गुरुङलाई सम्मान गरिएको थियो । अरोरा पुलिस डिपार्मेन्टका चिफ निक मेजको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई एल.बी सुब्बा र प्रतिमा सापकोटाले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा अतिथिको रूपमा मिस नेपाल २०१३ इशानी श्रेष्ठ, सिटी अफ अरोराका रिकार्डो गम्बेट्टा सहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा विभिन्न व्यक्तित्वको परिचय र योगदानको चर्चा गरिएको थियो । मनिषा पोखरेलको सुन्दर र आकर्षक नृत्यले दर्शकको मन जितेको उक्त कार्यक्रममा सौरभ र साथीहरूको सामूहिक प्रस्तुति, श्रीजना गुरुङको एकल नृत्य, सारिका र सुजाताको संयुक्त नृत्य र मिरा गुरुङ तथा साथीहरूको नृत्य पनि निकै मनोरन्जनात्मक र सुन्दर थियो । नव गायक लोकेश पोखरेल तथा सुधिर राइले आफ्नो गला प्रस्तुत गरेको उक्त कार्यक्रममा राजेश हमाल र मनिषा पोखरेलको नृत्य र कर्मा शेर्पाको गायन कलाले दर्शकलाई नचाएको थियो र आफ्ना मानसिक र शाररिक थकानबाट टाढा बनाएको थियो भने गीतकार अर्जुन सापकोटाको विभिन्न मन छुने गिती शब्द तथा आमाको बारेमा लेखिएको गीतले भावनामा डुबाउन सफल भएको थियो ।

12उक्त कार्यक्रममा गायक मनोज राइको गिती एल्बम “स्पन्दन” महानायक राजेश हमाल, प्रताप सुब्बा, इशानी श्रेष्ठ, ज्ञानेन्द्र गदाल, सोम बराल, जिदेन राई आदीबाट संयुक्त रूपमा बिमोचन गरिएको थियो भने गीतकार गदालले सोही कृतिबारे प्रकाश पारेका थिए भने मनोज राइले उक्त एल्बमबाट केही गीतहरू गाएका थिए । कार्यक्रमका निर्देशक जिदेन राइको स्वागत मन्तव्य र ग्लोबल भुटानिज कमुनिटी कोलोराडोका अध्यक्ष सोम बरालको धन्यवाद ज्ञापन गरेका थिए भने कार्यसमितिको पदाधिकारी तथा बोर्ड अफ डाइरेक्टर सदस्यहरूको परिचय समेत जिदेन राइले गरेका थिए ।

9

किरण पेले गुरुङ र साथीको आत्महत्या नगरुम भन्ने सन्देशको प्रहसनले अलग स्वाद दिएको थियो भने विभिन्न बहु चर्चित हिन्दी तथा नेपाली गीतहरुमा आफ्नो कर्ण प्रिय स्वरमा जादु भर्दै कर्मा शेर्पाले मनग्य मनोरन्जन दिएर कार्यक्रमलाई सफल बनाउन मद्दत पुर्‍याएका थिए ।

24

फोटो: भुपेन्द्र महत, शैलेश पोखरेल

प्रतिक्रिया