बोष्टनको लक्ष्मी जयन्तीमा डा. तारा शर्मा अभिनन्दित । एक हजार एक डलर पुरस्कार सहित शिवजगत सम्मान प्रदान गरियो ।

इनेप्लिज २०७२ मंसिर ७ गते १:१२ मा प्रकाशित

बोष्टनमा महाकवि लक्ष्मी प्रसाद देबकोटा को १०६औ जन्म जयन्ती भब्य रुपमा मनाऊदै डा. तारानाथ शर्मालाई एक हजार एक डलर सहित बिशेष अभिनन्दन गरिएको छ । नेपालमा घर पाटन पतिपा भै हाल बोष्टन निवासी नेपाली भाषा साहित्यप्रेमी शान्ती जोशी तथा प्रयागमान श्रेष्ठले यसैबर्ष स्थापना गरेको शिवजगत स्मृति प्रतिष्ठानको “ शिवजगत साहित्य पुरस्कार “ व्दारा ऊहालाई सम्मान गरिएको हो । बिशेषगरी बालबालीका, बृद्दबृद्दा, शिक्षा र साहित्यमा काम गर्ने वा योगदान पुराऊनेको को लागी प्रयागमान दम्पतिले आफ्ना बाबा शिवमान श्रेष्ठ तथा आमा जगतमाया श्रेष्ठको स्मृतिमा यस पुरस्कारको स्थापना गरेका हुन । कार्यक्रम अलिमिया लोक बाङमय प्रतिष्ठान पोखरा को प्रायोजनमा अनेसास बोष्टनले आयोजना गरेको थियो । कार्यक्रममा सहभागी महानुभावहरुले महाकवि प्रति बिशेष श्रद्दा सम्झना ब्यक्त गरेका थिए भने ऊहाको ब्यक्तित्व र कृतित्वऊपर चर्चा गरिएको थियो । साथै अतिथि बिव्दान साहित्यकार हरुको मन्तब्य सहित बिभिन्न कवि सर्जकहरुले आ- आफ्नो रचना बाचन गरेका थिए ।

अनेसास बोष्टनका का अध्यक्ष हरि काप्ले को अध्यक्षतामा सचिव यम पौडेलले कबितामय बाताबरणमा सँचालन गरेको कार्यक्रममा सर्जक महेश्वर पन्तले आफ्नो रचना सुनाऊदै सबैलाई स्वागत गरेका थिए भने अनेसास बोष्टनका पुर्व सचिव शिवप्रकाश पौडेल ले लक्ष्मी जयन्तीको महत्व र देवकोटाको रमाइलो पक्षऊपर चर्चा गरेका थिए । नेपाली भाषा साहित्यका बिव्दान नेपालका पुर्व सचिव रामचन्द्र पौडेल ले आफ्ना पुराना रचना सुनाएका थिए भने हार्बर्ड बिश्वबिद्धालयका प्रोफेसर साहित्यकार डा. शिब गौतमले नेपाली भाषा साहित्यमा देबकोटा को योगदान र डा तारानाथ शर्मा सँगको आफ्नो अनुभवको बारेमा बताए । नेपाली लोक साहित्यका प्रखर अन्वेषक प्रा डा. कुसुमाकर न्यौपानेले लोक गित, लोक बाजा, लोक सँस्कृतिमा केन्द्रित भै आफ्नो बिचारहरु राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डा. तारानाथ शर्माले महाकवि देवकोटा सँग भएका ऊठबसका छणहरु संझदै १९५२ ताका पहिलो पटक दामोदर सदनमा भेटदा “ कविता सबिता मेरि लबिता लबिला भने, त्यसैको प्रेममा जल्दै आगो आसु दुबै बने”भनेर देबकोटाले आफ्नो डायरीमा लेखिदिएको कबिता सुनाऊका र देबकोटा को प्रेरणाले नै आफु निबन्ध तिर लागेका जस्ता रोचक कुराहरु सुनाएका थिए ।

प्रमुख अतिथिलाई सम्मान गर्ने क्रममा अनेसास केन्द्रका महासचिव गोबर्द्धन पुजा ले डा. तारानाथ शर्माको लेखन तथा साहित्यिक परिचय बताएका थिए भने डा. ताना शर्मा कि धर्मपत्नी शान्ता शर्मालाई समेत शान्ती जोशी दम्पतिले दोसल्ला ओडायर सम्मान गरेका थिए । कार्यक्रममा कलाकार शुसिल गौतमले मुर्चुङगा मेडिटेशनको झलक प्रस्तुत गरेका थिए भने अनेसास न्यु ह्याम्पसायर का अध्यक्ष अग्नी पराजुली, प्रबासी मनका ढुकढुकी का प्रकाशक ईश्वरी भट्ट का अतिरिक्त कबि, सर्जक, तथा साहित्यकारहरु क्रमस: लाल गोपाल सुबेदी, दिनेश राजभण्डारी, दिपा राई, शान्ती जोशी, अनु शाह,ममता कर्माचार्य,शुसिल नेपाल समेतले आ- आफ्नो रचना बाचन गरेका थिए ।

कार्यक्रममा लोक कबि अलि मिया को “ मेरो माया फिजाऊ भने सँसार भरि पुग्छ, मेरो आसु पोखौ भने सगरमाथा डुब्छ, छाति खोली देखाऊ भने माछापुछ्रे झुक्छ, मनको तिर्खा मेटाऊ भने फेवाताल सुक्छ भन्ने कबिता सुनाऊदै प्रायोजन गर्ने सँस्था अलिमिया लोक बाङमय प्रतिष्ठान को बारेमा बताइएको थियो । त्यसैगरी कार्यक्रमलाई पुरस्कार को अतिरिक्त डिनर ब्यबस्थापन को पनि कन्ट्रिब्युसन गर्ने समाजिक मनकि धनि शान्ती जोशी, प्रयागमान श्रेष्ठ, सुप्रिया श्रेष्ठ,शँकर क्षत्रि, प्रसान्त श्रेष्ठ, निमा शाक्य समेतको परिवार प्रति कृतज्ञता ज्ञापन गरिएको थियो । न्यु ह्याम्पसायर देखि आइ साऊण्ड सिष्टममा सौजन्य गर्ने ईश्वरी भट्ट समेत लक्ष्मी जयन्तीलाई सहयोग गर्ने , ऊपस्थित भइ साथ दिने बोष्टन स्थित नेपाली सँघ सँस्था , नेपाली भाषा साहित्यप्रेमी का साथै कार्यक्रमको प्रतक्ष्य प्रसारण गर्ने बिमल फोटोग्राफर का सँचालक तथा हिमालयन लायन्स क्लब न्यु ईङलैण्ड का अध्यक्ष बिमल नेपाल लगायत सबै सबैलाई अध्यक्ष हरि काफ्ले ले धन्याबाद दिएपछि कार्यक्रम सकिएको थियो ।

प्रतिक्रिया