डिसीमा अनेसास सर्बोत्कृष्ट पुस्तक पुरस्कार कार्यक्रम साथ देवकोटा जयन्ति समुद्घाटन

इनेप्लिज २०७२ मंसिर ५ गते १७:४८ मा प्रकाशित

 तस्बिर :राजिव श्रेष्ठ  

IMG_4554

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरुलाई पुरस्कार वितरण राखिएको कार्यक्रमको अवसरमा १०६ औ देवकोटा जयन्ति मनाउनुको साथ समुद्घाटन कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l

कार्यक्रम चार चरणमा अविभाजित गरिएको कार्यक्रममा नेपाली राजदुताबासका प्रमुख अतिथि तथा कार्य बाहक राजदुत ऋषि राम घिमिरे तथा साहित्यकार /उपन्यासकार बिशेष अतिथिले तारा नाथ शर्मा (बिद्या वारिधि ) ले पानसमा बत्ति बाल्नुको साथ देवकोटाको तस्बिरमा माल्यार्पण गरि देवकोटा जयन्तिको समुद्घाटन गर्नु भएको थियो l

IMG_4571

कार्यक्रममा स्वागत मन्तब्य साहित्यकार प्रकाश नेपालले गर्नु भएको थियो भने शिव लामिछानेले देवकोटालाई समर्पित गर्दै एक कविता पनि वाचन गर्नु भएको थियो l पन्च कन्या बालिकाले नेपाली राष्ट्रिय गान गाएका थिए भने आस्था श्रेष्ठले अंग्रेजी राष्ट्रिय गान गाएकी थिइन् l

अनेसासका पूर्व अध्यक्ष तथा साहित्यकार बसन्त श्रेष्ठले देवकोटाले सबै वर्गलाई समेट्ने गरि लेख्थे l श्रेष्ठले अगाडी भने देवकोटाले अन्तर राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानले नेपाली साहित्य अहिले सम्म यो अवस्था पुगेको चर्चा गर्दै देवकोटा केहि प्रसंग सुनाएका थिए l र देवकोटा जस्तो अद्वितीय व्यक्तिका अप्रकाशित रचनालाई प्रकाशित गर्ने तारतम्य मिलाउने सके त्यो भन्दा ठुलो केहि हुदैन श्रेष्ठ भने l देवकोटाको  घरको मर्मत गर्न सक्नु पर्ने कुरामा जोड दिएका थिए l

IMG_4566

यसै गरि अनेसासका संस्थापक होम नाथ सुबेदीले देवकोटा तथा डा तारा नाथ शर्माको बारेमा केहि कुरा राखेका थिए l नेपाल बाट पुरस्कार थाप्न आउनु भएका पोखरा विश्व बिद्यालयका प्राध्यापक कुशुमाकार नेउपाने देश रुएको छ र देश थिलथिलो अवस्थामा भएको चर्चा गरेका थिए l र देशले भोगेको अवस्था बारेमा बोल्दै देशमा संस्कृति समाप्त भए देश कंगाल हुने भन्दै खबरदारी गरे l  आफुले आफनै खर्चले अनुसन्धान गरेको भन्दै अनेसासले दोश्रो पटक पुरस्कार गरेकोमा अनेसासालाई धन्यबाद दिएका थिए l

IMG_4562

बिशेष अतिथि तारा नाथ शर्माले देवकोटालाई देवता मान्छु भन्नु भयो l आफु भारतको खर्साङ्गमा पढ्दा दार्जेलिंग आएर देवकोटालाई भेटेको कहानी सुनाउनु भएको थियो l देवकोटाले शर्मालाई बाबु भनेर सम्बोधन गरेको र वहा संग बसेर गफ गरेको सुनाउनु भएको थियो l

नेपाली राजदुताबासका कार्यबाहक राजदुत तथा प्रमुख अतिथि ऋषि राम घिमिरेले अनेसासलाई धन्यबाद दिदै देवकोटा प्रति श्रद्धा सुमन व्यक्त गर्नु भयो l यसै गरि नेपाली कला संस्कृति तथा भाषा जगेर्ना गर्न अहम भूमिका निर्वाह गरेकोमा सराहना गर्नु भएको थियो l

IMG_4543

यसै गरि अनेसासका गुठीका अध्यक्ष डा श्याम कार्कीले सबैमा धन्यबाद दिनु भएको थियो भने कार्यक्रम संचालन राम प्रसाद खनालले गरेका थिए l र अनेसा सका अध्यक्ष पदम बिश्वकर्माले सबैमा बिसेष धन्यबाद दिदै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए l

IMG_4565 IMG_4560 IMG_4547 IMG_4524 IMG_4572 IMG_4528

प्रतिक्रिया