नाकाबन्दी खुलाउन अनुरोध

इनेप्लिज २०७२ मंसिर ४ गते १३:१४ मा प्रकाशित

Bimalendra-Nidhi_20140415125302काठमाडौँ, ४ मङ्सिर । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नाकाबन्दी खुलाउन भारतीय प्रधानमन्त्री र आन्दोलनरत मधेसी मोर्चालाई अनुरोध गर्नुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता निधिले भन्नुभयो– “घोषित वा अघोषित जुन कुनै नाकाबन्दी पनि राम्रो होइन, यो समस्यालाई संवादबाट नै हल गरिनुपर्छ ।”

मेचीदेखि महाकालीसम्मको तराईको भूभाग मात्रै समेटेर प्रदेश बनाउँदा अखण्डता कमजोर हुँदैन भन्दै उहाँले सङ्घीयता लोकतन्त्रको उत्कृष्ट नमुना भएकाले यसले अखण्डता झनै बलियो बनाउने छ भन्नुभयो । उहाँले सहमतिबाटै सीमाङ्कन फेरबदल गर्ने कुरामा काँग्रेस सहमत रहेको बताउनुभयो ।

नेता निधिले काँग्रेस नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अहिलेको सङ्कट समाधानको प्रस्थानबिन्दु हुने जिकिर गर्दै काँग्रेसले संसदीय मर्यादाअनुसार दबाब दिने बताउनुभयो ।

एक जिज्ञासामा नेता निधिले भन्नुभयो– “नेपाली काँग्रेस आफ्नो महाधिवेशन र संविधान कार्यान्वयनमा केन्द्रित रहेकाले अहिले सरकार ढाल्ने कुनै एजेन्डा छैन ।”

प्रतिक्रिया