बाल अधिकार दिवशको अवसरमा सहयोग

इनेप्लिज २०७२ मंसिर ४ गते ११:५६ मा प्रकाशित

6

रत्ननगर ४ मंसिर

पूर्वी चितवनको रत्ननगर १०, मंगलपुरमा रहेको गाँमवेशीको चेपाङ संरक्षण केन्द्रलाई आज बाल अधिकार दिवशको अवसरमा सहयोग गरिएको छ । साईराम डेन्टल क्लिनिक नारायणगढले दिवशको अवसरमा केन्द्रमा आश्रित बालबालिकाहरुको लागि झोला, साबुन, मन्जन, ब्रस लगायतका सामाग्रीहरु सहयोग गरेका थिए साथै बालबालिकाहरुसँग केक काटेर खुवाई बाल अधिकार दिवश मनाइएको साईराम डेन्टल क्लिनिकका डेन्टल असिस्टेन्ट अर्जुन आचार्यले जानकारी दिए ।

5कार्यक्रममा साईराम डेन्टल क्लिनिकका प्रवन्ध निर्देशक डा. सरिता थापा न्यौपाने, दन्त रोग विशेषज्ञ डा. अजय न्यौपाने लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । सोही क्लिनिकले यस अगाडि पनि केन्द्रमा आश्रित बालबालिकाहरुको निशुल्क दन्त परीक्षण गर्नुका साथै औषधी समेत वितरण गरेको थियो । केन्द्रमा चितवन, मकवानपुर र धादिङ्गका १ सय ४० जना विपन्न चेपाङ बालबालिका आश्रित रहेका छन् ।

2

प्रतिक्रिया