यूएई किन गए नायकद्वय भुवन र अनमोल ?

इनेप्लिज २०७२ मंसिर ४ गते ०:०१ मा प्रकाशित

Uae-650x337

यूएई । राष्ट्रिय कलाकार युएई आउने क्रम दिन प्रतिदिन बढि रहेका बेला २० नोवेम्बर २०१५ शुक्रबारका दिन बरदुबईको इम्पेरिअल सुइट्स होटेलमा नेपाली कलाकार समुह (NAG)यूएईको दुबई क्षेत्रीय समितिले आयोजना गरेको ‘कलाकार परिचयात्मक तथा साँस्कृतिक’ कार्यक्रमका लागि महानायक भुवन के.सी. र युवानायक अनमोल के.सी. आज युएईमा आई पुगेका छन् ।
नेपाली कलाकार समुह यूएईका संरक्षक रतन थापा र दुबई क्षेत्रीय समितिका अध्यक्ष राम प्रशाद ढकालले एरपोर्टमा गएर नेपालबाट आउनु भएका महानायक भुवन केसी र युवानायक अनमोल केसीको फूल गुच्छा सहित खादा ओढाएर भब्य स्वागत गरेका थिए ।
नेपाली कलाकार समुह (NAG)यूएईको दुबई क्षेत्रीय समितिको आयोजनामा हुन लागेको ‘कलाकार परिचयात्मक तथा साँस्कृतिक’ कार्यक्रमको कलाकार ब्यबस्थापन समाजसेवी रतन थापाले गरेका छन् ।
कला र सास्कृतिक को उत्थान, नेपालीको पहिचान भन्ने मूल नारालाई आत्मसाथ गर्दै ११ सेप्टेम्बर २०१५ शुक्रबारका दिन चर्चित अभिनेता आर्यान सिग्देलको हातबाट उद्घाटन गरिएर गठन भएको (NAG)ले दुई महिनामा मै सामाजिक सेवाका काम गर्नुका साथसाथै साँस्कृतिक कार्यक्रम पनि गर्दै आएको छ ।
नेपाली कला र साँस्कृतिको जगेर्ना गर्नका साथसाथै युएईमा कार्यरत कलाकारहरुलाई आफ्नो प्रतिभा देखाउने मौका मिलोस् भन्ने उदेश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिएको (NAG) दुबई क्षेत्रीय समितिका अध्यक्ष राम प्रशाद ढकालले बताए ।
नेपाली कलाकार समुह (NAG)यूएईले रोजगारीको शिलशिलामा युएईमा कार्यरत नेपाली दाजुभाई, दिदीबहिनी तथा संघ संस्थामा आबद्द सम्पूर्णलाई २० नोवेम्बर २०१५ शुक्रबारका दिन ‘कलाकार परिचयात्मक तथा साँस्कृतिक’ कार्यक्रममा सहभागी भएर मनोरन्जन लिदै भब्यताका साथ सफल पारी दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया