म्ह:पूजा तथा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ मंसिर ३ गते ३:२५ मा प्रकाशित

shanta 1

२ नोभेम्बर २०१५

ढिलोगरी प्राप्त समाचार:
नेवा: अर्गनाइजेशन, नर्दर्न क्यालिफोर्निया च्याप्टरले गत १२ नोवेम्बर २०१५ का दिन क्यालिफोर्नियाको, शान्ता रोजामा एक भब्य म्ह:पूजा तथा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको कुरा संस्थाका महासचिब मदन महर्जनले जनाएका छन ।

shanta3नेपाल संवत् ११३६ र म्हः पूजाको को अबसरमा संस्थाका अध्यक्ष बुद्ध महर्जन, पूर्व अध्यक्ष नारायण सोम्नामे, स्थानिय प्रबुद्ध डिकेन्द्र मास्के तथा अन्य बक्ताहरुले शुभकामना सन्देश दिएको कुरा महर्जनले बतायका छन ।

कार्यक्रमलाई भाषागत सरलता दिन सुरज महर्जन तथा कोरिना सोम्नामेले अङ्रेजी भाषामा समेत अनुवाद गरेका थिए । माहसचिब मदन महर्जनले संचालन गरेको उक्त कार्यक्रममा अमित बज्राचर्य तथा राजेश श्रेष्ठले समेत शुभकामना सन्देश दिएका थिए ।

shanta 2कार्यक्रममा सभागी सबै तथा सम्पूर्ण संघसंस्थाहरु तथा बिशेष सहयोगका लागि सुनिल शाक्य तथा कार्यक्रम स्पोन्शरका लागि मनोज घिमिरेलाई अध्यक्ष बुद्ध महर्जजनले धन्यवाद ग्यापन गरेका छन ।

प्रतिक्रिया