घैंटेको हत्या प्रकरण र प्रहरी संगठनको विवादित कार्यशैली

इनेप्लिज २०७२ मंसिर १ गते १८:०० मा प्रकाशित

39e36d१७ नोभेम्बर, २०१५

काठमाडौं । गत भदौ ३ गते राजधानीको सामाखुसीमा प्रहरीले गोली हानी हत्या गरेको स्थानीय कुमार श्रेष्ठ (कुमार घैंटे) को हत्या भएको करिब ३
महिनापछि सोमबार अन्येष्टि गरिएको छ । श्रेष्ठ हत्याको घटनाको विषयमा सत्यतथ्य छानबिन गरी त्यसको विवरण सार्वजनिक नगरुञ्जेल परिवार तथा आफन्तले शव नबुझ्ने भन्दै अडान लिएपनि पछि प्रहरीले दबाब दिएर उनको शवको अन्येष्टि गर्न लगाएको बताईन्छ । पछिल्ला केही घटनामा प्रहरीले आफूले
सफलता प्राप्त गरेको दाबी गर्दै मिडियाबाजी गरेपनि ती घटनाहरु र त्यसमा प्रहरीका जिम्मेवार अधिकारीहरुले देखाएको व्यवहारका कारण प्रहरी संगठनकै
बद्नामी भएको तथा प्रहरीले सरकार, गृहप्रशासनलगायतलाई ठाडै हस्तक्षेप गर्दै कानुन आफ्नो हातमा लिने कोशिष गरेको गुनासो पीडितहरुले गरेका छन् ।

घैटेका साथीहरुलाई प्रहरीको धम्की घैंटेको हत्या भएपछि प्रहरीले उनको हत्या इन्काउन्टरमा भएको भन्दै विभिन्न सञ्चारमाध्यममा जानकारी गराएको भएपनि घटनास्थलको प्रकृति, शवमा लागेको गोली तथा प्रत्यक्षदर्शी स्थानीय वासिन्दाको भनाईलाई आधार मान्दा प्रहरीले घैंटेलाई उनको घर नजिकैको मोटरसाइकल पार्किङ्गमा घेरा हालेर पछाडिबाट गोली हानेर हत्या गरेको स्पष्ट भएको छ । सो कुरा राष्ट्रिय मानवअधिकार आयोग र शिक्षण अस्पतालको विज्ञ टोलीले शवको पोस्टमार्टम तथा शवमाथि लागेको गोलीको अनुसन्धान गर्ने क्रममा पनि स्पष्ट रुपमा देखिइसकेको छ । किनभने घैंटेमाथि कुल १४ वटा गोली लागेकोमा १३ वटा गोली पछाडिबाट प्रहार गरिएको छ भने एउटा मात्रै गोली अगाडिबाट हानिएको छ ।
यसरी हानिएका अधिकांश गोलीहरु उनको शरीरका कम्मरभन्दा माथिका भागमा लागेको छ । सोही घटनालाई लिएर घैंटे र उनका आफन्त तथा एवं साथीभाईले
प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग, सर्वोच्च अदालतलगायतका स्थानमा उजुरी दिएका छन् । तर प्रहरीले घैंटे निकटका साथीहरुलाई पटक पटक फोन गरेर यो घटनालाई थप नलम्ब्याउन चेतावनी दिइरहेको पीडितको गुनासो छ । अन्यथा घैंटेकै हालत बनाईदिने भन्दै उनीहरुले धम्की दिईरहेको पीडितको गुनासो छ ।
प्रहरीका केही उच्च अधिकारी र काठमाडौं प्रमुख एसएसपी सर्वेन्द्र खनाल यस्ता घटनामा प्रत्यक्ष संलग्न रहेको पीडितको भनाई छ । यतिमात्र होइन काठमाडौंमा गुण्डागर्दी गर्ने अन्य व्यक्ति तथा समूहलाई पनि प्रहरीको सो समूहले फोन गरी घैंटे र चरीको हालत बनाईदिने भन्दै मोटो रकममा बार्गेनिङ्ग गर्ने र भनेजति पैसा पाएपछि उनीहरुलाई पक्राउ गरेको जस्तो गरी आफ्नै सुरक्षामा राख्ने गरेको घटना पनि सार्वजनिक भएका छन् । कुमार घैंटेलाई हत्या गर्नुअघि पनि खनालले १ करोड रुपैयाँ मागेको बताईन्छ ।
घैंटले आफूले गुण्डागर्दी छाडेर समाजमा आम नागरिकको हैसियतमा जीवन विताउन लागेको भन्दै रकम नदिएपछि सोही दिनदेखि खनालले घैंटेप्रति प्रतिशोध
साँधेको बताईन्छ । विवादमा एसएसपी खनाल पछिल्लो समयमा काठमाडौंमा आएपछि एसएसपी सर्वेन्द्र खनालले आफूलाई चर्चामा आएको देखाउन विभिन्न खाले गतिविधि गरेका छन् । तर उनका गतिविधिलाई हेर्दा उनले चर्चा भन्दा बढी विवाद कमाएका छन् । जसका कारण प्रहरी संगठनभित्र
उनको छवि थप धुमिल बन्नेको चर्चा यतिबेला प्रहरीमै चल्न थालेको छ ।

घटना – १
तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएर आफ्नै नेतृत्वमा मन्त्रीमण्डल गठन गरेका बेला सो सरकारका गृहमन्त्रीको रुपमा हालका उपप्रधनमन्त्री कमल थापा चयन भएका थिए । त्यसलगत्तै खनाल थापा निकट हुन पुगेका थिए । पावर र पैसालाई राम्रोसँग चिनेका खनाल विगतमा अर्कै पृष्ठभूमिको राजनीतिक आस्थामा विश्वास गर्ने भएपनि शक्तिमा पुगेपछि उनी निकट हुन कुनै कसर बाँकी राख्दैनन् । त्यतिबेला उनले कमल थापा निकट भएको देखाउन आफूलाई ‘मण्डले’ बनाउन पनि पछि परेनन् । जसका कारण उनले सांगठनिक भन्दा व्यक्तिगत फाइदा बढी लुट्न सफल भए ।

घटना– २
२०६२/०६३ का बेला राजधानीमा भएको जनआन्दोलनताका विशेष गरी राजधानीको गोंगबु क्षेत्रमा भएका आन्दोलन दबाउन उनको भूमिका प्रमुख रहेको चर्चा उती
नै बेला गरेको थियो । सर्वसाधारणलाई घर बाहिर निस्केर आफ्नो अभिव्यक्ति राख्न रोक लगाउन उनले २०६२ चैत्र २९ गते गोंगबु क्षेत्रमा आन्दोलन चर्किएका बेला घर घरमा गएर बन्दुक तेस्र्याएर जनतालाई त्रसित बनाएको भन्दै स्थानीय वासिन्दाले सेही बखतमा गुनासो गरेका थिए । त्यतिबेला डिएसपी रहेका खनालले राजधानीको शान्ति बाटिमा भएको शान्तिपूर्ण प्रदर्शनमा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको टाउकोमा लाठी हान्ने काम पनि गरेका थिए । उनकै नेतृत्वमा रहेको प्रहरी टोली र खनाल स्वयंले हानेको लट्ठी कोइरालाको टाउकोमा लागेको थियो । जुन घटनाको प्रत्यक्षदर्शी प्रहरी अधिकारी र काँग्रेजीजनहरु स्वयं थिए ।

घटना – ३
गणतन्त्र स्थापना भै सकेपछि माओवादी नेतृत्वको सरकारका बेलामा उनले आफूलाई माओवादी निकट बनाउन पनि कुनै कसर बाँकी राखेनन् । त्यसपछि जो
सरकारमा पुग्छ र जुन पार्टीले गृहमन्त्री सम्हाल्छ उसकै नजिक हुने प्रवृत्ति खनालले बानीकै रुपमा विकास गरिसकेका छन् । गृहमन्त्रालय
सम्हाल्ने पार्टी र मन्त्रीलाई खुसीपार्न उनले जे पनि गर्ने गरेका छन् । त्यसैको पछिल्लो उदाहरण हो कुमार घैंटेको हत्या । जसमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको ठाडो निर्देशनमा खनालले उनलाई घेराहालेर हत्या गरेका हुन् । तर उनीलगायत प्रहरीका उच्च तहका कर्मचारी भने घैंटेको इन्काउन्टरमा हत्या भएको भन्दै विभिन्न सञ्चारमाध्यममा पुगेर अन्र्तवार्ता दिन तछाड मछाड गरिरहेका छन् । प्रहरीसँगठन जुन एउटा नियम र कानुन अनुसार सञ्चालित हुनुपर्ने थियो, तर खनाल यसभन्दा बाहिर देखिएका छन् । प्रहरी सँगठनले आधिकारिक रुपमा आफ्ना गतिविधि सर्वसाधारण तथा मिडियासमक्ष जानकारी दिन प्रवक्ता समेत तोकेको हुन्छ, तर प्रवक्तालाई वेवस्ता गर्दै प्रहरी संगठनको नियमलाई कुल्चँदै आफू नै बढी मिडियामा अनुहार देखाउन र नाम लेखाउन उद्दत रहेको भन्दै खनाल र केही अन्य प्रहरी
अधिकारीको व्यापक आलोचना यतिबेला प्रहरी संगठनभित्रै हुन थालेको छ ।

घटना–४
म्याच फिक्सिङ्गको आरोपमा प्रहरीले नेपाली फुटबल टिममा केही चर्चित खेलाडीलाई पक्राउ ग¥यो । त्यसको जानकारी दिन खनालले हतारमा पत्रकार सम्मेलन पनि गरे । तर पनि अदालतले ती खेलाडीहरुलाई धरौटीमा रिहा गरिदियो । भलै यो घटनामा खेलाडीको संलग्नता छ या छैन यो कुरा अनुसन्धान र सम्मानित अदालतले आउँदा दिनमा अनुसन्धान गरी पुष्टि गर्ला तर प्रहरीले ठूलै सफलत प्राप्त गरेको देखाउन राष्ट्रिय स्तरका खेलाडीलाई नियन्त्रमा लिएर चोर डाँकाहरुलाई पक्राउ गरेको जस्तो गरी जसरी पत्रकार सम्मेलन गर्न हतारो ग¥यो त्यसले आम जनतामा सिँगो फूलबल खेलप्रति नै घृणा जागृत गराईदियो । विश्व फूटबल इतिहासमा कछुवा गतिमा अघि बढेको नेपाली फूलबल खेलप्रति युवा वर्गको झुकाव विस्तार बढ्दै गएका बेला जुन ढंगले प्रहरीले आफूलाई चर्चामा ल्याउन यस्ता हर्कत ग¥यो, यसले प्रहरी संगठनको कामप्रति आम जनतमा सकारात्मक भन्दा नकारात्मक भावना बढी जागृत गरिदिने स्पष्ट छ ?

गेष्ट हाउस भित्र छापा मारेर सफलता प्राप्त गर्ने प्रहरीको हास्यास्पद कार्यशैली राजधानी काठमाडौंलगायत देशका शहरी क्षेत्रमा रहेका विभिन्न होटल, गेस्टहाउस तथा लजहरुमा बेला बखत प्रहरीले छापा मारेर ठूलै सफलता प्राप्त गरेको जस्तो गरी मिडियाबाजी गर्ने गरेको छ । एउटा घरको बन्द कोठाभित्र केटाकेटीको सहमतिमा कुनै काम हुन्छ भने प्रहरीले त्यसमा हस्तक्षेप गर्न मिल्छ ? चोर, अपराधी तथा गुण्डागर्दीमा संलग्नको पहिचान गरी उनीहरुलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्ने जिम्मा पाएको प्रहरी गेष्ट हाउस तथा होटलका कोठा कोठा भित्र पुगेर त्यहाँ रहेका जोडीलाई समात्ने अनि ठूलै अपराधी समातेको भन्दै मिडियाबाजी गर्न उद्दत देखिनुले प्रहरीले काम भन्दा चर्चा बढी बटुल्न खोजेको स्पष्टै हुन्छ । अनि पैसा दिए यही घटनापनि बाहिर सार्वजनिक नगर्ने प्रहरीको यस्ता गतिविधिलाई आम जनताले के भन्ने ? किटानी जाहेरी दिएर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले कतिपय घटनाको उजुरी लिन नै नमानेका विभिन्न घटनाहरु बेला बखत सुनिँदै आएको हो । राजनीकि दबाबमा घटना नै झिसमिस पार्ने काम पनि प्रहरीका केही अधिकारीले गर्ने गरेका छन् । तर आपसी सहमतिमा होटल, गेस्छ हाउसमा पुगेका महिला पुरुषबीच सहमतिमा सम्बन्ध हुँदा प्रहरीले त्यसलाई सामाजिक अपराध देख्छ ? यस्ता गतिविधिमा प्रहरी किन तगारो बन्नुप¥यो ? यही हो प्रहरीको सफला अनि समाजप्रतिको भूमिका ?

पक्रने वित्तिकै अपराधी सावित गर्ने प्रपञ्च प्रहरीले कुनैपनि शंकास्पद व्यक्तिलाई संलग्नलाई पक्राउ गरी उसलाई कारबाही गर्ने अख्तियारी प्रहरीले प्राप्त गरेको छ । शंका लागे कुनैपनि व्यक्तिलाई पक्राउ गर्ने, अनुसन्धान गर्ने तथा दोषी ठहर भए उसलाई कानुन अनुसार कारबाही गर्ने जिम्मेवारी प्रहरीको हो । यसमा कसैको दुईमत छैन ।
तर कुनैपनि व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिने वित्तिकै उसलाई अपराधीको रुपमा समाजमा चिनाउन नेपाल प्रहरीले जुन खाले गतिविधि गरिरहेको छ, यो
किमार्थ सही छैन । पक्राउ परेको व्यक्तिको विषयमा अनुसन्धान पुरा नहुँदै सञ्चारमाध्यम बोलाएर हतार हतारमा आफ्नो सफलता देखाउन प्रचारबाजी गर्ने जुन हतारो प्रहरीले गरिरहेको छ यसले व्यक्तिको सामाजिक इज्जत र प्रतिष्ठालाई माटोमौ मिलाउने काम गरेक छ । साथै प्रहरी संगठनको छवि नै धुमिल भएको छ । किनभने अनुसन्धानका क्रममा निर्दोष सावित भएका व्यक्तिलाई प्रहरीले अनुसन्धान पछि पत्रकार सम्मेलन गरी उक्त व्यक्ति निर्दोष रहेको भनेर जानकारी गराएको अहिलेसम्म कुनै घटना छैन होला सायद, यसरी गराउने जानकारीले खासै अर्थ पनि राख्दैन । किन भने ठूलो घटनालाई नै आम नागरिकले बढी सम्झन्छन् । व्यक्तिको मानवअधिकार तथा सामाजिक इज्यत र प्रतिष्ठामाथि नै धावाबोल्ने काम प्रहरीले गर्नु एक किसिमको मानवअधिकारको हनन पनि हो ।

पछिल्लो समयमा नेपाल प्रहरीका एसएसपीको रुपमा रहेका खनालको आर्थिक हैसियत पनि उच्च बन्दै गएको चर्चा प्रहरी संगठन र उनलाई नजिकबाट चिन्नेहरुका माझ चल्ने गरेको छ । स्रोतका अनुसार खनालले विभिन्न उद्योग धन्दामा व्यवसायिक पार्टनरका रुपमा लगानी गरेका छन् । विगत १०/१५ वर्ष अघि र अहिले उनको
आर्थिक हैसियतमा यतिधेरै परिवर्तन आएको छ कि सो कुरा उनले प्रहरीसँगठन भित्र बसेर पदीय जिम्मेवारी सम्हालेकै भरमा हुन नसक्ने भन्दै जिब्रो निकाल्नेहरुको संख्या पनि बढी नै छ । त्यसैले खनालको आर्थिक उपार्जन अनुसन्धानको विषय बन्न सक्ने भन्दै अख्तियारमा उजुरी दिने तयारीमा समेत
केही व्यक्ति लागेको स्रोतको दाबी छ ।

यतिमात्र होइन प्रहरीले घैंटेको हत्या पछि नक्कली फुपु र श्रीमती खडा गरी उनहरुलाई घैटेको सम्पती दिलाउन कुनै कसर बाँकी नराखेको गुनासो घैटेका आफन्तको छ । श्रीमान् श्रीमतीको परिचय खुल्ने कुनै आधिकारिक कागजात विना नै प्रहरीले जुन ढंगले पिंकी शेर्पालगायतलाई नाता प्रमाणित गराउने कोशिष गरिरहेको छ त्यसलाई घैंटेका आफन्त तथा छिमेकीले समेत आश्चर्य मानिरहेका छन् ।

यी केही प्रतिनिधिमूलक घटनालाई आधार बनाउँदा प्रहरीका एसएसपी खनालले प्रहरीसंगठनको कानुनलाई आफ्नो हातमा लिएर चर्चा बटुल्न काम गरिरहेको गुनासो प्रहरी सँगठन बाहिर भन्दा भित्र बढी चल्ने गरेको छ । त्यसैले प्रहरीसँगठनको छबि उच्च राख्न र प्रहरीले आम जनतालाई विश्वासमा लिन यस्तासस्ता प्रचारबाजी र कानुन हातमा लिने गतिविधि तत्काल बन्द गराउन संस्थागत रुपमै कडा कदम चाल्नुपर्ने माग आम जनताको छ ।

प्रतिक्रिया