भयवादले बिस्तारै मान्यता पाउँदैछः अनेसास सर्वोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कार बिजेता देश सुब्बा, हङकङ

इनेप्लिज २०७२ मंसिर १ गते १:१३ मा प्रकाशित

byaye bad 3 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरुलाई आगामी नोवेम्बर २१ तारिख पुस्तक पुरस्कार बितरण देवकोटा जन्म जयन्तीको अबसरमा भब्य समारोह बिच पुरस्कृत गरिने भएको छ l

यसको लागि स्थानीय आयोजक समिति अहोरात्र खटिई रहेको जानकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समिति कि अध्यक्ष सीता पाण्डेले गराएकी छिन् l

पुस्तक पुरस्कार बिजेताहरु विभिन्न देशहरुबाट अमेरिका आउने क्रममा डायस्पोरा (दर्शन) प्रधान कृतिका लागि अनेसास / डा.श्याम कार्की तथा इन्दिरा कार्की सर्बोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कारका बिजेता धरान घर भै हाल हंगकंगमा बसोबास गर्ने भयवाद पुस्तकका लेखक देश सुब्बा आगामी बिहिबार सम्म अमेरिका आई पुग्नु हुने जानकारी गराउनु भएको छ l

Californiaहंगकंग बाट अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज़ संग कुराकानी गर्दै हंगकंग बस्ने मानिसलाईअमेरिकाबाट आफुलाई यो सम्मान दिएकोमा अति खुशी लागेको सुब्बाले बताउनु भयो l

पुरस्कार या पुरस्कारको राशी सानो या ठुलो भन्दा पनि हंगकंग बाट पुरस्कार पाउनु नै ठुलो कुरा लागेको बताउनु भएको छ l पुरस्कृत देश सुब्बाले अगाडी भन्नु भयो हंगकंगमा बसाई भएकोले अमेरिका जाने भन्ने सोचेको थिईन l सुब्बाले हर्ष व्यक्त गर्दै यो मेरो लागि अवसर हो भन्दै अवसरको उपयोग गर्ने योजना रहेको बताउनु भयो l

देश सुब्बाले अनेसासको प्रसंसा गर्दै यस पटक मैले भयवाद (दर्शन) बिषयमा लेखेको पुस्तकलाई अनेसासले छनौट गरि आफुलाई बिजेता सम्म बनाएकोमा निकै उत्साही भएको बताउनु भयो l

bhaye bad 2अमेरिका आउने भएकोले यो पुस्तक समारोहमा आफ्ना कुराहरु पनि राख्ने अवसर पाइने भएकोले आफु अन्तर आत्मा देखि नै प्रफुल्ल भएको बताउनु भयो l र आफुले ४ वटा उपन्यास ,केहि कविताहरु तथा भयवादको दर्शन सम्बन्धमा पुस्तक लेखेको बताउदै १९९१ देखि भयवादमा लेख्न सुरु भएको झन्डै १७ बर्ष लागेको बताउनु भयो l

गत बर्ष जुलाई २०१४ मा भयवाद दर्शन पुस्तक प्रकाशित भएको बताउदै यहि पुस्तकलाई अनेसासले पुरस्कृत गरेको बताउनु भयो l अनेसासको पुरस्कार सहित पाँच वटा पुरस्कार जितेको देश सुब्बाले जानकारी गराउनु भएको छ l जुलाई २०१४ मा अमेरिकाको “एक्सलिबिरिस”बाट प्रकाशित भएको “फिलोसोफी अफ फियरिज्म” दर्शनको अंग्रेजी पुस्तकले अमेरिकाको क्यालिफोर्नियाबाट २०१५ को दर्शनको “दि नेशनल इन्डी एक्सेलेन्स अवार्ड २०१५” जितेको छ भने अमेरिकाकै लस एन्जेलबाट दिइने “२०१५ इन्टरनेशनल बुक अवार्ड”मा यो पुस्तकले “फाइनलिस्ट पुरस्कार ” पनि प्राप्त गरेको छ ।

desh subbaवहाको पुस्तकले न्युयोर्क उत्सव पुस्तक पुरस्कार २०१५ तथा दक्षिण क्यालिफोर्निया उत्सव पुस्तक पुरस्कार २०१५ पनि जितेको बताउनु भएको छ l उक्त पुरस्कार नोभेम्बर ७ तारिखमा घोषणा भएकोले प्रणाम पत्र प्राप्त भै नसकेको जानकारी सुब्बाले दिनु भएको छ l भयवादले बिस्तारै मान्यता पाउदै छ l बिश्वमा अझ यसले मान्यता पाउने कुरामा आफु बिस्वस्त भएको सुब्बाले बताउनु भएको छ l

New Yorkदेश सुब्बा भयवाद दर्शनको ‘ प्रणेता पनि हुन् । सुब्बा अन्तर्राष्ट्रिय पुरस्कार पाउने भाग्यशाली थोरै नेपालीहरु मध्ये सौभाग्यशाली व्यक्ति हुन् । अन्तर्राष्ट्रिय अमेरिकी पुरस्कार देश सुब्बालाई – ‘ भयवादी दर्शनको ‘ लागि दिईएको हो ।

20150524_DeshSubba_Book

bhay bad

प्रतिक्रिया