एक छाक खान तयार छौं, भारतसँग झुक्दैनौं

इनेप्लिज २०७२ कार्तिक ३० गते १७:११ मा प्रकाशित

12235515_1644787269113476_1240775430_o

12235515_1644787269113476_1240775430_oरत्ननगर ३०, कार्तिक

पूर्वी चितवनको कालिका नगरपालिका – ६, रेडक्रसग्राममा आयोजित कार्यक्रमका वक्ताहरुले भारतले गरेको अघोषित नाकावन्दी अन्तर्राष्ट्रिय सन्धी सम्झौता विपरीत भएको भन्दै भोकभोकै बस्नु परेपनि राष्ट्रियताको सवालमा भारतसँग नझुक्ने बताएका छन् । नेपालीहरु राष्ट्रियताको लागि एक छाक खाएर बस्ने छन्, भारतसँग झुक्ने छैनन् भन्दै कार्यक्रमका वक्ताहरुले सरकार भारतसँग नझुकी राष्ट्रियताको सवालमा अडिग रहन समेत आग्रह गरेका थिए ।

12248569_1644787422446794_215838773_oनेकपा (एमाले) कालिका नगरपालिका जुटपानीद्वारा आयोजित तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा (एमाले) का केन्द्रिय सदस्य कृष्ण प्रसाद खनालले देश र जनताको लागि सरकार कहिल्यै पनि घुडा नटेक्ने बताउँदै सार्वभौमसत्ता सम्पन्न नेपालीको छिमेकी राष्ट्रले गर्ने हस्तक्षेप अन्तर्राष्ट्रिय रुपमै आलोचित रहेको बताउनुभयो । एक सिलिण्डर ग्यास र इन्धनको लागि भारतसँग राष्ट्रियता साट्न नसक्ने खनालको भनाई थियो । नेकपा (एमाले) जिल्ला अध्यक्ष जे.एन. थपलियाले यो सरकार र प्रधानमन्त्री मर्न तयार छ तर भारतसँग झुक्न तयार नभएको बताउनुभयो ।

12250332_1644787902446746_549752037_oछिमेकीको नाममा हेप्ने, चेप्ने काम हुन्छ भने त्यो हाम्रो लागि सह्य हुने छैन त्यसका लागि हामी अन्तर्राष्ट्रिय रुपमा एक छाक खाएर लड्न तयार छौं, थपलियाले बताउनुभयो । नेकपा (एमाले) देशको नेतृत्व गरिरहेको अवस्थामा राष्ट्रियताको सन्दर्भमा कति पनि नहिच्किचाई अगाडि बढ्ने थपलियाको कथन थियो ।

12250668_1644787665780103_657203172_oकार्यक्रममा जिल्ला कमिटी सदस्य जयचन्द्र लाल चौधरी, गोपी श्रेष्ठ, विनोद रेग्मी, सहदेव लकान्द्री, विमला लामा, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष पूर्ण बहादुर पुरी, जिल्ला सल्लाहकार पञ्च बहादुर लामा, क्षेत्रीय सदस्य धु्रव रायमाझी, साविक पदमपुर गाउँ कमिटी अध्यक्ष भिष्म खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेकपा (एमाले) जुटपानी उपाध्यक्ष दिपक सिं परियारले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम साविक जुटपानी गाउँ कमिटी अध्यक्ष केशव लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया