नेपालका महाभूकम्प बाट भत्केका स्कूल बनाउन अमेरिकाको ड्यालसमा पदयात्रा सम्पन्न (फोटो फिचर / भिडियो सहित )

इनेप्लिज २०७२ कार्तिक ३० गते ४:५१ मा प्रकाशित

_BRN1224 copy

नेपालका युवा (NKY) को आयोजनामा आज नोवेम्बर १५ का दिन अमेरिकाको टेक्सासको ड्यालस शहरको अर्लिङ्ग्ट्न स्थित रिभर लिगेसी पार्क मा Walk for Nepal को आयोजना गरियो। उक्त कार्यक्रममा यस क्षेत्रका विभिन्न संघ संस्था का प्रतिनिधिहरु, विधार्थीहरु लगायत झन्डै ३५० को संख्यामा सर्ब-साधारणहरुको उपस्थिति थियो।

_BRN1122 copyदिउसो ठिक १ बजे शुरु भएको उक्त कार्यक्रमको उदेश्य नेपाली डायस्पराहरुमा नेपालको समसामयिक गतिविधिहरुको बारेमा जानकारी गराउने तथा नेपालका भएको महाभूकम्प बाट भत्केका स्कूल बनाउन विभिन्न च्यारिटी संस्थाहरुलाई आर्थिक सहयोग जुटाउने रहेको थियो।

_BRN1182 copyयो “Walk for Nepal” २०११ मा अमेरिकाको बोस्टन शहरबाट शुरु गरिएको थियो। यो Walk for Nepal चौथो पटक ड्यालस मा आयोजना गरिएको हो।

_BRN1204 copyकार्यक्रममा Walk का अलाबा लोकल ब्याण्ड तथा कलाकारहरुको प्रस्तुति, विभिन्न रमाइला खेलहरु प्रस्तुत गरिएको थियो। डिनर खादै, खेल्दै रमाएका युवा / बयस्क सबैले कार्यक्रम निकै सफल रहेकोप्रतिक्रिया हिमालय खबरलाई दिए।

_BRN1218 copy

समाज सेबी हरि थापाको नेतृत्वमा बजायिएको पन्चे बाजाले अगुवाई गर्दै स्कूल पुन निर्माणमा संस्थाहरुको प्रायोजनको निमित्त ५ माइलको पैदल यात्रा गरिएको थियो। कार्यक्रमका संयोजक सुमन कार्कीले कार्यक्रमको अन्तमा सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो।

प्रतिक्रिया